शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ए,,,,,, आमा बालि देउ (मसाल)

ए,,,,,, आमा बालि देउ (मसाल)

  • शुक्रबार, बैशाख ३१, २०७८
ए,,,,,, आमा बालि देउ (मसाल)

आजभाेलि ” बड डे “मा आमाहरु धेरै देखिए आमाहरूलाई प्रणाम प्रणाम ,
थाेरैमात्र बाँस स्थानमा धेरै घर बाहिर के भनाै त अब रामराम ।
बृद्वा आश्रमहरुमा पनि तिमी छाेराछाेरिले पठाउने यता घरमा बिमारी दबा उपचार नपाई खानै नपाउने ।
घरबाटै निकालिने यी
याबत बिधिकाे कुन
छाेराछाेरिले जिम्मा
लिने ???
आमा बिमारी परेर छट्पटी गरि रहदा दबाई पानी पाउदैनन् त है ,
ए,,,,,,, आमा कस्तो छ राम्रो मनखुसिले साेधेकै छैनाै
खाेई ?
हाेईन त साँमन्तबादबाट
पुँजिवादकाे नक्कलमा लाेकाचार न पाराै है ।
आमा बेड बिस्तारामा परि दिशापिसाप कै आहलमा तिमी त श्रीमती कै कुरा कै लहडमा लाेक गितकाे तालमा
खाेई आमाको संरक्षण?
आमाको धाेतिचाेलि फाटेका छन, हात खुट्टाहरु चाउरि परेका छन तिमी लुकेर भित्र बसेर खाना खाई रहेका छाै आमालाई घर बाहिर लखेटेर कटाैरामा “ला” बुढि खा भनेका छाै ।
ए,,,,,,, बा, ए,,,, नानि कालेकालि आमा एक स्वरले बाेलाई रहन्छिन
तिमिले न त धाेति फेरि देउ
न चाेलि
न त संरक्षण
न त खाना खान दिएका छाै
जीवन कै अन्तिम घडिमा सुख हाेईन दु:खैदु:ख दिएका छाै ।
यद्यपि यी सम्पुर्ण
बाताबरण हुने थिए भने आमालाई यहि स्वर्ग हुने थियाे ।
आमा यहि नर्कहरुकाे
बाँस भित्र राेई रहेकि
छिन
हाे त आमा त एक मैन
बत्ती पाे हुन त आफू
जलेर खरानी परेर
पनि
सन्तानलाई याे
धर्तीमा उज्यालाे
प्रकाश दिई रहे कि छिन
बरु हामी हदमा उठेर एक स्वरमा बाेलि देउ
ए,,,,,,,, आमा
“बा” हरुकाे पुरुष प्रधान राज्य सत्ताकाे
बिरुद्ध
याे युगदर्शनलाई आत्मसाथ गरि देउ र धर्तीमा (मसाल)
बालिदेउ
तब सुरु हुने छ समानताकाे एक नयाँ सुनाैलाे संसार ।

चर्चामा

सम्बन्धित समाचार