शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा कोरोनाको उपचार गर्ने ६५ बेड आइसोलेसन, ५ स्थानिय तहमा चिकित्सक छैनन्

बाजुरामा कोरोनाको उपचार गर्ने ६५ बेड आइसोलेसन, ५ स्थानिय तहमा चिकित्सक छैनन्

  • आइतवार, बैशाख १९, २०७८
बाजुरामा कोरोनाको उपचार गर्ने ६५ बेड आइसोलेसन, ५ स्थानिय तहमा चिकित्सक छैनन्

बाजुरा — बाजुरा जिल्लामा पनि दिनप्रतिदिन कोरोनाको कहर बढि रहेको छ । आइतबार ३ बजे सम्म जिल्लामा ५३ जना संक्रमित देखा परिसकेका छन् । ४ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ । सदरमुकाम मार्तडी मात्र ३८ जना संक्रमित रहेका छन् ।
हिमाली गाउँपालिकामा कोरोना बढेपछि आइतबार बाट बैशाख मसान्त सम्मका लागि निषेधाज्ञा गरिसकेको छ । जिल्लाभरी कोरोनाको कहर बढिरहेको भएपनि बाजुरामा जम्मा ६५ वटा बेड मात्र रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
जिल्ला अस्पताल बाजुरामा १८ बेड, बुढिनन्दामा नगरपालिकामा १० बेड, बुढिगंगा नगरपालिकामा २० बेड, हिमाली गाउँपालिकामा १० बेड, जगन्नाथ गाउँपालिकामा ५ बेड र गौमुल गाउँपालिकामा २ बेड कोरानाको बिरामीको उपचार गर्ने आइसोलेसन बेड रहेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्द्रले वताएका छन् । चन्दका अनुसार स्थानिय तहमा आइसोलेसन बेड बढाउने तयारी भइरहेको वताए ।
खप्तड छेडेदह गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र त्रिबेणी नगरपालिकामा भने आइसोलेसन कक्ष नभएको पाईएको छ । उनिहरु पनि निर्माण गर्ने तयारीमा रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । सबै स्थानिय तहमा चिकित्सक सहितको कोभिड अस्पताल स्थापना गर्ने ब्यबस्था भएपनि बाजुराका ५ वटा स्थानिय तहमा चिकित्सनै नरहेको छन् । बुढिनन्दा नगरपालिका त्रिबेणी नगरपालिका, हिमाली गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका र खप्तडछेडदहमा चिकित्सक नै नपाएको स्थानिय तहले वताएका छन् ।
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले भने कोभिड अस्पताल सञ्चालन गरेका छौ चिकित्सक भने नपाएको उनले वताए । सरकारको मापदण्ड भन्दा बढि तलब दिने गरि खोज्दा कतै चिकित्सक नपाएको उनले वताए । अन्य स्वास्थ्यकर्मी राखेर कोभिड अस्पताल सञ्चालन गरेको वताए । कोरोना बिरामीको लागि बाजुरामा अक्सिजन सिलिन्डर पनि प्रयाप्त नरहेको पाईएको छ । हिमाली गाउँपालिकामा ५ र गौमुलमा ४ वटा अक्सिजन सिलिन्डर रहेका छन् । त्यस्तै अस्पताल बाजुरामा २३ अक्सिन सिलिन्डर २ वटा भेन्टिलेटर रहेका छन् ।
बाजुरा दोस्रो चरणमा फैलिएको कोरानोको उच्च जोखिममा रहेको छ । भारत र नेपालका कोरोना प्रभाबित जिल्ला बाट बाजुरा आउनेको संख्या बढेसँगै बाजुरा कोरानाको उच्च जोखिम बनेको हो ।
बाजुरा भौगोलिक हिसाबले निकै टाढा भएपनि बाजुरामा पिसिआर ल्याब ब्यबस्थापनका लागि पहल कदमी नभएको जनगुनासो रहेको छ । पहिलो चरणमा एन्टीजेन बाट जाँच गर्दा पोजेटिभ देखिएमा फलोअपमा जाँच पिसआर गर्नुपर्ने हुन्छ, तर जिल्लामा पिसिआर जाँच गर्ने मेसिन नहुँदा स्वाब संकलन गरेर जिल्ला बाहिर पठाउनु परेको बाजुरा अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार