शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • जहाँ बाटोकै समस्या

जहाँ बाटोकै समस्या

गाउँपालिका प्रमुख आफै बाटो पहिल्याउँदै

  • आइतवार, चैत्र ८, २०७७
जहाँ बाटोकै समस्या
          दयाराम पण्डित

 बाजुराको सर्वाधिक विकट हिमाली गाउँपालिकाको रुगिन पुग्दैगर्दा वारिपारी कहाली लाग्दा चट्टान देखिन्थे । शुरुमा त हामीहरु कुनबाटो कहाँवाट आयौं भ्यउ नै पाएनैं । धुलाचौरबाट रुगिन पुग्दा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर मल्लले बाटाका खाल्डा खुल्डी पुर्दै हामीलाई ( म, छक्क मल्ल र प्रशान्तराज जोशी ) बाटो देखाउँदै रुगिन पुर्‍याउनुभयो । यद्येपी वर्षाको मौसमपछि नचलेको गाडी एकै पटक खाल्डा पुर्दै गाडी चडेर हामी रुगिन पुग्न पाएनैं । त्यो सम्भव पनि थिएन । एक घण्टा उकालो पैदल बाटो काट्यौं । अध्यक्ष गाविन्द मल्लले हाँस्दै भन्नुभयो देख्नुभयो दुर्गमका पिडा । यो त हिडाइको पिडा मात्र हो । अरु पिडा त कतिछन् छन् । यति भन्दै देउतै देउताको गाउँ रुगिन पग्यौं।
रुगिनवासीको न्यानो आथित्यता स्वीकार्दै हामी रुगिनको लख्लख्याउने ओरालो झर्दै थियौं । कवाडीबाट पिठ्युमा नुनतेल, चामल र साथै बाल बच्चा बोकेर मान्छेहरु टोपी खस्ने उकालोमा तँग्रिदै थिए । उता गत वर्षमात्र टर्‍याक खुला गरेको कवाडी- रुगिनको बाटोको हालत ठिक थिएन । त्यसैले भारिसंगै रुगिनको उकोलो काट्नुको विकल्प पनि थिएन रुगिनेलीलाई । हामी बेलुका कवडी पगेऔं , जहाँ हुम्ला, मुगु र बाजुराको संगम स्थलका रुपमा चिनिन्छ ।
कवाडी खोलाको बेलिव्रिजले भने हुम्ला र बाजुराको आवागमनमा निक्कै सहजता ल्याएको छ । जहाँ हुम्लाको ताँजाकोट गाउँपालिकाले पनि गाउँगाउँमा सडक बाटो खनेको पत्यक्ष देख्न पायौं ।कवाडीवाट हुम्ला जिमाना सम्म जिप चढेर साथीसंग गफिदै थियौं । मैले सहकर्मी छक्क मल्ललाई भने यहि रफ्तारमा गाउँको बाटो काटिने हो भने केही वर्षमा बाजुराको बिच्छ्याँ र हुम्ला जिल्लाको पहिचान नै फरक हुनेछ । यहाँको संकट समृद्धीमा परिणत हुने छ । यहाँका जडीबुटी, भेडाबाख्रा ब्यबसाय र बन पैदवारले हुम्ली र बाजुरालीको कायाप्लट हुनेछ ।
हामी गफिदै थियौं । ड्र्राइभरले भने दाई बाटो त यति हो । झर्नुुस। अब जिमान गाउँ पुग्न करिब एक घण्टा हिड्नु पर्छ । ड्र्राइभरले फेरी भने छिटो झर्नुस् । हामी झर्‍यौं साँझपख झमक्क भैसकेको थियो । टर्चलाइटको सहारामा सल्लेरीको भिरबाटो हुंदै हामी राति जिमाना पुग्यौं।
भलै फैतिका दलबहादुर मल्ल दाइले बस्न खानको ब्यबस्था गर्नुभएको रैछ । बिच्छ्याँ प्रहरी चौकी कवाडीका इन्चार्ज दुर्गासिं धामीको नेतृत्वमा गएको प्रहरी टोली पनि त्यही भेटिएपछि शुरक्षा अनुभुतिका साथ त्यहाँको बस्तुस्थिती बुझ्न हामीलाई निकै सहज भयो । असयी दुर्गासिंह धामीले भन्नुभयो ल हेर्नुस सर गगनचुम्बी डांडा काटेर गाउँ पुग्नु पर्छ । हामीलाई कति दुःख छ । गाडीगुड्ने बाटो भएत कति सहज हुन्थ्यो । छ्यास्स आफ्नो सुविधाका कुरा निकाल्दै निन्याउरो स्वरमा प्रहरी हवल्दार जोशीले भन्नुभयो“ पारि हुम्लाका प्रहरीले पनि वारी हाम्रै पसलवाट रासन खान्छन् । उनिहरुको माशिक रु.१९हजार भत्ता , हामी पनि त्यही पसलबाट राशन खान्छौं सात हजार रुपियाँ भत्ता । ” आखिर काम वरावर दाम मात्र फरक ।
मनमनै सोचें तपाइँहरुलाई पनि दुःखै छन् । आखिर राज्यको हेर्ने गिद्धेनजरको प्राकाष्ठा ! अनि केन्द्रीकृत शासन पद्धती न हो । जिमानाको रात प्रहरी र हाम्रो सुखदुखमै बित्यो र राति तिन वजे उठेर प्रहरी साथीकै सहयोगमा सल्लाघारीको चिप्लो बाटो रड्दै पड्दै बिहान मैतार्ना पगेऔं। प्रहरी साथीले पिलाएको मैतार्ना खोलाको पानी र दलबहादु सरले दिनुभएको दुई टाटा बिस्कुटका पिसको सहरामा कोटको उकालो काट्यौं ।
बामु पेठे पुग्ने हाम्रो सपना पूरागर्न हाम्रो काम रात दिन हिड्नु मात्र थियो । हिड्यौं पनि । जति जति माथि चड्यो त्यति रुल्लुचुल्लु डांडा । माथि सेतो हिमाल तल धुबी सल्लार देवदार सल्लोका घनघोर जंगलका फांट देखिन्थे । विचमा बामुखोला ,खोलाको किनारामा चौर थियो । सोही चौरको छेउबाट खच्चड पडाउ ( खच्चड राख्ने ठाउँ ) देखाउदै हिमाली गाउँपालिका वडा नं एक बामुका सुरलाल रोकायाले भने “ दाई तपाइँ खोज्नु हुन्छ गाडी-मोटर हिड्ने बाटो , हामीकन खच्चड हिड्ने पनि बाटो छैन ।” सुुुरलाल अगाडीबाट फरक्क फर्केर आँसु पुच्छदै भने “ दाई घोडा खच्चड जाने ठाउँ पनि यहिसम्म मात्र हो । हाम्रो जर्मै गुनी बाँदर बस्ने ठाउँमा भयो । कति भिरबाट छणिय( लडे) कति खोलामा बगे , आजकाल त केही सजिलो छ । वर्षामा आया थापाउँदा हौ ( थाहा पाउनुहुँदो हो) । फेरी आँसु पुच्छ्दै शुरललाले भने तपाइँ त एक दिन आउने हो पिठ्युमा बोकेर पनि लिउला नि चिन्ता नगर्नु । यहाँ माथि त मान्छे हिड्ने बाटो पनि मुस्किल छ । सुरलाल अगाडी हिड्दै म उनलाइ पछ्याईरहेको थिएं । केही पाईला माथि हिडिसके पछि सानो चौर त्यही चौरमा खच्चड पडाऊ अनि सानो त्रिपालको छानो देखियो ।
हुम्लाको जिमाना र बाजुरा कवाडीबाट आएका खच्चड पनि त्यही सम्म मात्र पुग्दा रहेछन् । त्यो पनि हिउँदका दुइचार महिना मात्र । सुरलालले भने हिउँदमा गाउँले मिलेर काठेपुल निर्माण गरी हिड्छौं । खच्डले पनि नदेखेको बामेगाउँ पुग्न अझै करिव १५ किलोमिटर टाडा छ । उनले भने “खच्चड हेर्न पनि गाउँका मान्छेले घट्टेचौर पुग्नुपर्छ । खच्चड पनि हेर्छन् । चिनी चामल लगायतका खाद्यय बस्तु पनि बोकेर लैजान्छन् ।”


वर्षा मौसममा त ऊ माथिको चट्टानी बाटो छ । पखानमा (चट्टान) डोरी हालेर आवत जावत गर्नुपर्छ । बाटो छैन ज्यान जोगाउन मुस्किल छ । मनका पिडा पोख्दै उनले भने हामी जुनिभर हिडिरहेका छौं । तपाइँ एक दिन हिड्न सक्नु हुन्न ? नभए म बोकेर पनि मेरो गाउँमा पुर्याउछु । सुरलालका कुरा सुन्दा मेरो आंङ्ग पनि जिरिङ्ग भयो । नभन्दै जति माथि उक्लेऔं त्यति टोपी खस्ने पहाड देखिन थालें। आखिर राति राति भएपनि बामु पुगियो । बामुबासीको सत्कार अनि आथित्यता कुनै गाउँ र शहर भन्दा फरक थिएन । बामु गाउँ सफा सुन्दरमा कुनै सहरको भन्दा कमी थिएन । जहाँ निशुल्क होमस्टे पाहुनाले एक दाम तिर्नु पर्दैन नेपालकै अलौकिक ठाउँ । सभ्य मानिसको बासस्थान बामु गाउँ । भोलिपल्ट दलबहादु दाई र अछामकी पनकाला थापा डेउडामा हुर्रीन थाले ,म भने सुरलालका साथ मेरो मिसन पुरा गर्न अझ माथि पेठे हुईकिए ।
यो त हिमाली गाउँपालिकाको बामु पेठे गाउँ पुग्ने बाटोको सानो उदाहरण मात्र हो , लाम्पाटा टिन , देउसैन, गुम्बा लगायतका दर्जनांै बस्ति छन् , जहाँ डोरी र हात समातेर पाइला बढाउनु पर्छ । बाटोकै समस्यका कारण खद्यन्न किनेर खान सक्ने सहजता पनि नभएको लाम्पाटाकी लक्ष्मी गुरुङ्गले दुःखेसो पोखिन् । पेट पाल्नकै लागि गुम्बा गाउँ छोडर हुम्लाको जिमाना पुगेका छौं । सहज वाटो भएत गाउँमै खाद्यन्न पुग्थ्यो यो चौबाटो कुर्नु पर्ने थिएन लक्ष्मीले दःखजिलो जीवनको ब्यथा पोखिन् ।
गाउँमा स्कुल पनि नियमित नहँुदा बाल बालिका भने पढाइका लागि काठमाण्डौं र भारत पठाएको लक्ष्मीले बताईन् । बालबालिका हामीबाट टाढा छन् । हामी जान सकेका छैनौं ,उनीहरु हिडेर घर पुग्ने अवस्था छैन । भेट नभएको चार वर्ष भयो । बाटो भए त र्सरर घर आउँथे जान्थे लक्ष्मी लगायतका दर्जनौं परिवारलाई बाटोकै समस्या छ ।
अरु त के कुरा गर्नु एक गाउँवाट अर्को गाउँ पुग्न दिनभरको बाटो हिड्नु पर्छ बामुका जोगवहादुर भण्डारीले भने । केही वर्ष अघि नुन तेलका लागि चार पाँच दिनको पैदल बाटो हिडेर कोल्टी पुग्नु पथ्र्यो । नेपाली सेनाले कणर्ाली करीडोर बाटोको टर्‍याक ओपन गरेपछि हुम्ला र बाजुराको सिमना कवाडी सम्म आजकाल सानो गाडीको सहजता छ । तैपनि साविकका विच्छ्याबासीलाई तेल चामलका लागि अझै दुइतिन दिनको पैदल बाटो हिड्नु पर्ने बाध्यता कायमै छ ।
हिमालीको बिकास सुन्यबाट सुरुवात गरेका छौं :अध्यक्ष मल्ल
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द वहादुर मल्ल भने पालिकाको विकास सुन्यबाट सुरुवात गरेको बताउँनुहुन्छ । आफुले जितेको तिन वर्ष यता स्थानीय साधान स्रोत र बजेट परिचालन गरी उल्लेख्य विकास गरेका छौं अध्यक्ष मल्लले भन्नुभयो । “अरु विकासका कुरा छोडौं सडक वाटोकै सवालमा तिन वर्षमा हिमाली गाउँपालिकामा १५ ठाउँको४५ किलोमिटर सडक निर्माण गरेको छ । हिमालीका सात वटा वडा मध्ये चार वडामा कच्ची सडक निर्माण गरी जिप ट्याक्टर सञ्चालनमा ल्याएका छौं मल्लले भन्नुभयो । ” उहांले थप्नुभयो यो वर्षमात्र धुलाचौर धिम पांडी सडक, धुलाचौर हुँदै फैती बोर्ता सडक र धुलाचौर हुंदै कवाडी विच्छ्याँ सडकका लागि एक करोड ५० लाख रुपैंया बराबरको बजेट तथा कार्यक्रम ल्याई काम सुचारु भैरहेको छ ।
त्यसैगरी हिमालीको विकटतालाई मध्यनजर गरी तत्काल मोटरबाटो पुगाउन नसकिने दुर्गम बस्ती सम्म घोडेटो बाटो निर्माण गरी आवगमन सहज गर्न २० लाख रुपैंया विनियोजन गरेको अध्यक्ष मल्लले जानकारी गराउनुभयो ।
हिमाली गाउँपालिकाको दुर्गमबस्ती निकट भविस्यमा सडक सञ्जालसंग जोड्न हुम्लाको जिमाना मैतार्ना सडकका लागि ४० लाख रुपैंया बजेट विनियोजन गरेको छ । उक्त रकम छिमेकी हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिका र हिमाली गाउँपालिकाको सांझेदारीमा काम सुचारु हुने अध्यक्ष मल्लले भन्नुभयो । किउडी कवाडी भौगोलिक दृष्टीले अप्ठेरो छ । जनताले छिटो यातायात उपभोग गर्न पाउन् भन्ने हेतुले ताँजाकोट गाउपालिका संग अनुरोध गरेका हौं , उपाध्यक्ष चन्द्रदेबी बुढाले भन्नुभयो ।


तिन वर्ष यता प्राप्त पुँजीगत अथार्त (बिकास बजेट ) रु. २९ करोड ८५ लाख ६४ हजार रुपैया मध्ये सात करोड भन्दा बढी बजेट सडक सञ्जालमा खर्च गरेको हिमाली गाउँ पालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकवहादुर शाहीले जानकारी दिनुभयो । बाटोको पहुँच जनस्तर सम्म नपुग्दा समृद्ध हिमाली गाउँपालिकाको सपना पूरा नहुने प्रायनिश्चित छ र यहाँको भौगोलिक विकटतालाई मध्यनजर गरी पूर्वाधार विकासमा सडक सञ्जाल नै पहिलो प्राथमिकता रहेको अधिकृत शाहीको भनाई छ ।
बिकास कतै कागजमा त हैन भन्ने सन्दर्भमा कामको फेहरिस्त बुझ्न हामी (पत्रकार) हिमाली गाउँपालिकाका बस्ती स्तरमा पुगेका थियौं। स्थानीय तहको एकल प्रयासले भैरहेका सडक निर्माणमा सँघ र प्रदेशबाट आबस्यक बजेट ब्यबस्थापन गर्न सके बिच्छ्याँ वासीको छिट्टै मोटर चढ्ने रहर पुरा मात्र हुने छैन ,त्यहाँको स्थानीय उत्पादनले बजार पाउने छन् । मैतार्ना देखि साविकको च्छ्यिा गाविस सम्म हिमालीको यो वर्षको कार्ययोजना देखिन्छ । आशा छ बिच्छ्याँ वडा कार्यालय देखि बामु सम्म ग्रामिण सडक र बामु र बौणी लाम्पाटामा स्वास्थ्य चौकीका लागि हिमाली गाउँपालिकाले निकट भविस्यमा पहल गर्ने छ । तथापि सडक सञ्जाल बिस्तार संगै मानिसको आयस्तर पनि बढ्ने देखिन्छ । संघ र प्रदेश सरकारको एक नजर हुम्ला र बाजुरामा पारिदए लक्ष्मी र सुरलाल जस्ता हजारौं मानिसले जहाँ बाटोकै समस्या भन्दै रोई बस्नु पर्ने अबस्थाबाट छुट्कारा पाउन सक्थे कि ।

चर्चामा

सम्बन्धित समाचार