शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • विचित्र संसार
  • चीनमा सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना

चीनमा सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना

  • शनिबार, फाल्गुन १५, २०७७
चीनमा सरकारले तोकेभन्दा धेरै बच्चा जन्माएपछि १ करोड ८१ हजार जरिवाना

चीनमा रहने एक दम्पतीले दुईवटा मात्रै बच्चा जन्माउन पाउने नीति उल्लंघन गर्दैसात बच्चा जन्माए । यसपछि उनीहरुले सरकारलाई ठूलो जरिवाना रकम बुझाउनु परेको छ । साउथ चाइना मर्निङ पोस्टका अनुसार दम्पतीले साता बच्चा जन्माएका कारण १ लाख ५५ हजार अमेरिकी डलर (झन्डै १ लाख ८१ हजार नेपाली रुपैयाँ) सोशल सपोर्ट फिस बुझाउनुपर्‍यो ।

३४ वर्षकी महिला उद्योगपति ज्हांग रोंगरोंग र उनका ३९ वर्षका पतिका पाँच छोरा र दुई छोरी छन् । जरिवाना नबुझाएको भए उनीहरुले पाँचजना बच्चाको सरकारी पहिचानसँग जोडिएका कागजात प्राप्त गर्न सक्दैन थिए ।
ज्हांगले स्किनकेयर, ज्वेलरी र कपडाका उद्योग चलाइरहेकी छिन् र उनको दक्षिण–पूर्वी चीनमा उनका कम्पनीहरु छन् ।

आफूलाई एक्लोपनले धेरै हैरानी हुने भएकाले धेरै बच्चा जन्माएको उनले बताएकी छिन् । ‘म कहिल्यै एक्लो रहन चाहन्न । जब मेरा पति आफ्नो व्यापारिक टुरका लागि बाहिर हुन्छन् । तब मलाई निकै दुख लाग्ने गर्छ । मेरा ठूला छोराछोरी पढाइका लागि अन्य शहरमा गइसकेका छन्, त्यस्तोमा साना बच्चाहरु मेरो साथमा रहन्छन्,’ उनले भनिन् । सातजना सन्तान जन्माइसकेपछि अब फेरि सन्तान जन्माउने कुनै योजना नरहेको उनले बताइन् ।
ज्हांगका अनुसार बच्चा जन्माउने योजना बनाउनुअघि उनीहरुले आर्थिक रुपमा सम्पन्न हुने सुनिश्चित गरिसकेका छन् । ‘हामीले उनीहरुलाई आर्थिक सुरक्षा दिन सक्छौं भन्ने सुनिश्चितता गरेपछि बच्चा जन्माउने योजना बनाएका थियौं,’ उनले भनिन् ।
चीनमा १९७९ मा एक बच्चा नीति सुरु भएको थियो । जन्मदर निकै घटेपछि २०१५ मा यस नीतिलाई परिवर्तन गरेर दुईवटा बच्चा जन्माउन सक्ने नीति लागु गरियो ।

चर्चामा

सम्बन्धित समाचार