शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • “परतन्त्र” मुक्तक संग्रह एक परिचय

“परतन्त्र” मुक्तक संग्रह एक परिचय

  • मङ्लबार, अशोज २७, २०७७
“परतन्त्र” मुक्तक संग्रह एक परिचय

हरेक राष्ट्रले आ-आफ्नो देश अनुकुल संबिधान निर्माण गरेको हुन्छ । जसले देश र जनताको हितका लागी निती र कानुनलाई दस्ताबेजिकरण गरेर राखेको हुन्छ । जसलाई देशका प्रजा देखि राज्य हाँक्ने सत्तामा आसिन व्यक्तिहरु, साधारण तथा असाधारण मान्छेले कानुको परिधिभित्र रहेर चल्नु पर्छ । कुनैपनि संविधान या त विधान होस् त्यहाँ सम्पुर्ण हक र हितका लागि काम र कर्तव्यका लागी साथै स्वतन्त्रताको नीति अवलम्बन गरेको हुन्छ । तर, जे जति नीति बनएपनि लाग्छ कुनै न कुनै तवरले मानव परतन्त्रमा आसिन हुन्छ । हो जुन व्यक्ति स्वतन्त्र भएरपनि अरुकै अधिनमा रहन्छ । अरुकै आदेशमा चल्छ त्यसलाई नै भनिन्छ “परतन्त्र” । दुनियाँ हाँक्ने मानव एक्काइसौं शताब्दीमा आएरपनि कुनै न कुनै माध्यमले अरुकै आड र भरोसामा समर्पित भइ अरुकै आदेशमा चलेको देखिन्छ ।

प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धपनि एकअर्काको आड र भरोसामा नै भएको देखिन्छ यसलाई पनि परतन्त्रले नै गाँजेको भन्दा फरक नपर्ला । त्यस्तै अहिलेको विषम परिवेश विश्वलाई नै आफ्नो चाङमुनि छिराउने कोभिड-19 कोरोना भाइरसले दुनियाँ हल्लाउने राष्ट्र देखि स-साना राष्ट्रका सम्पुर्ण व्यक्तिहरुलाई आफ्नो अधिनमा पारेको छ । भोलि मर्ने सुनिश्चित भएरपनि केही दिन बाँच्न कै निम्ति लकडाउन गरेर अरुलाई पिजडामा हुल्ने मानव आफै हुलिएको देख्दा पो अचम्म लाग्छ । हो यही लकडाउनको समयलाई सदुपयोग गर्दै गर्दा एउटा साधारण लेखकको मनको समुन्द्रमा तरंगित भएर पौडिदै छालमा आएका शब्दहरु टपक्क टिपेर मुक्तकको संरचानामा माला उनेर, समय शान्दर्भिक र परिवेशले माग गर्दा जन्मिएको कृति हो मुक्तक संग्रह “परतन्त्र” । “परतन्त्र” मुक्तक संग्रह शाहीको कृतिगत रुपमा चौथो र मुक्तकका रुपमा पहिलो संग्रह हो । “परतन्त्र” मुक्तक संग्रहमा १५५ वटा मुक्तक रहेका छन् । पुस्तक ७० पृष्ठको रहेको छ भने यसको मूल्य रू.१०५/- छ । “परतन्त्र” का प्रकाशक प्रगतिशील कवि महेश शाही ‘प्रभाकिरण’ रहेका छन् भने मालिका मावि बाजुराका प्राचार्य तथा साहित्यकार शुभराज तिमिल्सिना पाध्यायले भुमिका लेखेका छन् । साथै नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद् सदस्य तथा साहित्यकार डा. देवी नेपाल र पद्यम कन्या बहुमुखी क्याम्पस सह-प्राध्यापक तथा साहित्यकार डा. विदुर चालिसेको शुभकामना मन्तव्य रहेको छ ।

नेपालको सुदुरपश्चिम प्रदेशको दुरदराजमा रहेको बाजुरा जिल्लाको विकट बस्ती जगन्नाथ गाउँपालिका-३, मनिकाँडामा जन्मिएका सुरेन्द्र शाही “गुलाब कान्छो” द्वारा लिखित मुक्तक संग्रह “परतन्त्र” ले पुरापुर सन्देश दिने जमर्को गरेको पाइन्छ । मुक्तक मार्फत देशमा भएको व्यथिती, लुटपाट, भ्रस्टाचार, हत्या हिंसालाई दरो झापट हानेका छन् । त्यस्तै विकट बस्तीको रहनसहन, दु:खपिडा, भोक र शोक आदिको उठान गरी कुनै निकायबाट समाधानको अपेक्षा समेत गरेको पाइन्छ । साथै मायाप्रेम, देशको रक्षा, माटोको मायाबारेमापनि बेलै सबैले सचेत रहन आग्रह गरेको पाइन्छ । कोभिड-19 कोरोना भाइरसबाट जोगिन अपनाउनु पर्ने सुरक्षा र जोखिमबाट जोगिनका लागि समेत सन्देश दिन पछि हटेका छैनन् लेखक । समग्रमा “परतन्त्र” मुक्तक संग्रहले सिङ्गो देशको परिवर्तनका लागि आशा गर्नुका साथै सन्देश दिने प्रयास गरेको पाइन्छ ।

गुलाब कान्छो साहित्यिक नामले सुपरिचित सुरेन्द्र शाही साहित्यका विभिन्न विधा उपन्यास, कथा, कविता, गजल, हाइकु, साइनो, मुक्तक तथा अन्य लेखरचनामा कलम चलाइरहेका छन् । गुलाब कान्छो साइनो विधाका मुख्य अभियान्ता पनि हुन् । यीनका ‘कुल्चिएको गुलाब’ गजल संग्रह, ‘पुर्णीमा’ संयुक्त हाइकु संग्रह-२०७६, साइनो सारथि संयुक्त साइनो संग्रह-२०७७ कृतिहरू बजारमा आइसकेका छन् ।
आगामी दिनहरूमा “गुलाब कान्छो” को साहित्यिक यात्रा अझैँ रफ्तारमा अघि बढ्दै जाउन् हार्दिक शुभकामना !

चर्चामा

सम्बन्धित समाचार