शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • देश
  • अनेरास्ववियुका नेता चेतनदिप अयडीको हत्या आरोपित १२ जना पक्राउ

अनेरास्ववियुका नेता चेतनदिप अयडीको हत्या आरोपित १२ जना पक्राउ

  • मङ्लबार, चैत्र १३, २०८०
अनेरास्ववियुका नेता चेतनदिप अयडीको हत्या आरोपित १२ जना पक्राउ

पदमबहादुर सिंह / बाजुरा — अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा सुदूरपश्चिम विश्वविद्यालय तत्कालिन अध्यक्ष ३२ वर्षीया चेतनदिप अयडीको हत्या आरोपित १२ जनालाई  चैत्र १२ गते पक्राउ गरेको छ । फरार आरोपीत ३३ बर्षीय नर अयडी, नरेश अयडी, २५ बर्षीय मंगल अयडी, ३३ बर्षीय मोहन बहादुर अयडी, २७ बर्षीय नविन अयडी, २२ बर्षीय लोकेश अयडी, २३ बर्षीय जीवन अयडी, ३२ बर्षीय उद्धव अयडी, ३८ बर्षीया अनिता रौले अयडी, ३६ बषीया धना देवी अयडी, ४५ बर्षीय पदम बहादुर अयडी र ३२ बर्षीया ईश्वरा देवी अयडीलाई सदरमुकाम मार्तडीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दानसिंह भण्डारीले बताए ।

०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा त्रिवेणी नपारपालिका ७ को नाटेश्वरी आधारभुत विद्यालय दम्था मतदान केन्द्रको विवादलाई लिएर नेपाली कांग्रेसका कार्यकर्ताहरूले चेतनदिप अयडीको घरमै गएर कुटपिट गरेर हत्या गरेको पीडित पक्षको आरोप छ । घटनाका आरोपी नर अयडीलाई अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाजुराका युवाहरूले गिरफ्तार गरी प्रहरीलाई बुझाएको युवा सघ बाजुराका अध्यक्ष मिलन अयडीले बताउनु भयो । अन्य ११ जनालाई प्रहरीले गोप्य सूचनाका आधारमा गिरफ्तार गरिएको प्रहरी निरिक्षक भण्डारीले जानकारी दिए ।

मंसिर ४ गते जिल्लाको त्रिवेणी नगरपालिका–७ मा कुटपिटबाट ३२ वर्षीय ऐडीको हत्या गरिएको थियो । घटनामा विभत्स हत्या आरोपमा चेतनका बुबा गगने अयडीले २४ जनाविरुद्ध मुद्धा दायर गरेको छ । उनीहरु मध्ये मिति २०८० मंसिर १९ गते सर्वच्चो अदालतको आदेश अनुसार ४ जना शेरबहादुर अयडी, खेमराज अयडी, सागर अयडी र धनराज थापालाई पूर्वक्षका लागि जिल्ला कारागार बाजुरा पठाउनु आदेश दियो भने रुपा चौधरी, विनोद अयडी,चक्र अयडी, जुद्ध अयडी, भुपाल अयडी, र रनसिहं अयडीलाई साधारण तारिकमा रिहा गर्न आदेश दियो । त्यस्तै मिति २०८० चैत्र ८ गते जिल्ला अदालत बाजुराको आदेशमा रतन अयडीलाई साधारण तारिकमा छा्ड्न आदेश दियो भने निरज अयडीलाई तीन लाख धरौटी सहित तारिकमा छोड्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी दानसिंह भण्डारीले बताए ।
हिजो चैत्र १२ गते गिरफ्तार परेका १२ जनाको बाजुरा जिल्ला अदालतमा बयान सुरु भएको प्रहरी निरिक्षक भण्डारीले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार