शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • साहित्यकार छायादत्त न्यौपाने”बगर” बारे अलिकति कुरा)

साहित्यकार छायादत्त न्यौपाने”बगर” बारे अलिकति कुरा)

  • मङ्लबार, चैत्र २५, २०७६
साहित्यकार छायादत्त न्यौपाने”बगर” बारे अलिकति कुरा)

जीवनमा केही असल ब्याक्तित्वहरु सँग भेट्ने अवसर मिल्छ, यसैक्रममा आदरणीय बाल तथा प्रौढ सहित्यकार छायादत्त न्यौपाने “बगर” जसलाई नेपाली साहित्यमा “सियल असिम”को नामले पनि जानिन्छ।वरिष्ठ साहित्यकार “बगर” लाई मैले सानैबाट जान्ने अवसर नपाएपनी केही बर्षा पहिले उहाँकै अक्षर धाम प्रकाशनमा भेट्ने अवसर पाएको थिएँ ।उहाँको बाल्यकाल, विद्यार्थी जीवन र साहित्यिक यात्रा भने निकै पहिले बाट नै निहाल्दै आइरहेको थिएँ ।उहाँले लेख्नु भएका पुस्तकाहरु पढ्दै आइरहेको थिएँ ।

उहाँको लेखन शैली अति सरल, सरल बोलचालीको भाषा र परिवेशले पाठक लाई मन्त्रमुघ्द बनाइदिन्छ।अति मिलनशार “बगर” उहाँको सरल भाषाको प्रयोग नै उहाँको उचाईको परिचय हो ।उहाँका सबै कृतिहरु रोचक बन्नु ठूलो ठूलो कुराहरु समाबेश गरेर होइन- दैनिक जीवन यापनाका कुराहरु, शिक्षा र सीपमूलक ज्ञानका कारण सबै कृति हरु त्यतिकै प्रसिद्ध छन् । वरिष्ठ साहित्यकार छायादत्त न्यौपाने “बगर”त्रिभुवन विश्वविद्धालय अन्तर्गत रत्न राज्य क्याम्पसमा प्राद्यापनरत हुनुहुन्छ।बिगत तीन दशक देखि नेपाली भाषा साहित्य सेवामा सक्रिय रहदै आउनु भएको छ, बिशेषगरि उहाँका बाल साहित्यमा धेरै कृतिहरु प्रकाशित भैसकेको छ।२०४२ सालमा हाम्रो झन्डा शीर्षकको निबन्ध लेखेर साहित्यिक क्षेत्रमा पाइला राखेका बगरले २०५३ देखि भाषा , सीप र सृजना सम्बन्धी बिषयमा पुस्तक प्रकासन हुँदै आइरहेको छ।

त्यतिमात्र नभई लेखक सम्पादक अतिथि सम्पादक निर्देशक जस्ता भुमिकमा वहाँको सक्रियताले नेपाली साहित्यलाई ठुलो टेवा पुगेको छ।विभिन्न साहित्यिक संस्थाहरूमा प्रत्यक्ष – अप्रत्यक्ष संलग्न रहेर नेपाली साहित्यकाे प्रवर्द्धनमा समर्पित रहेकाे निबन्ध ,समालोचना ,कविता विधाका पुस्तक , विद्यालय तहका पाठ्यपुस्तक लेखन/ सम्पादन । विभिन्न स्मृति ग्रन्थहरूको सम्पादन पनि गर्नुभएको छ। पछिल्लो समय नेपाली साहित्यमा कविताको नयाँ विधा साइनो परिकल्पना गरेर उहाँ झनै चर्चित पनि बन्नु भएको छ।मिति २०७६ साउन १६ गते आफ्नो अनुहार पुस्तिका मार्फत प्रसारण गर्नु भएको पहिलो साइनो- मान्छे छैन इमानी, न शहरमा धन छ, न त झोपडीमा पिसानी। – उहाँले साइनो प्रसारण गर्नु भएपछी म लगायत धेरैले यस विधालाई अनुसरण गरेका छौँ ।छोठो समयमा साइनो निकै चर्चित बबेको छ। देश तथा बिदेश बाट साइनो सर्जकहरुले निरन्तरता दिनुभएको छ।यसलाई फुलाउन फलाउन हामी सबैले मेहनत गरिरहेका छौं ।वर्तमान समयमा साइनो चौपारी र साइनो सन्सार पेज मार्फत साइनो प्रसारण भइ रहेको छ।म स्वय साइनो संसार पेज संचालक समितिमा रहि एड्मिनको भुमिका निर्वाह पनि गरिरहेको छु। साइनो कविताको नयाँ विधा हो।यसमा २४ वर्ण हुन्छन् ।साइनो तीन हरफमा लेखिन्छ।पहिलो हरफमा सात अक्षर ,दोश्रोमा आठ अक्षर र तेश्रो हरफमा नौ अक्षर हुन्छन् ।सबै हरफ नितान्त स्वतन्त्र हुन्छन् ।तीनै हरफ मिलाएर एक समुच्च भाव दिन्छ।साइनो द्वारा जीवन जगत, प्रकृति , शृगारिक रस्वास्वादन सहित व्यंग्य पनि प्रस्तुत गर्न सकिन्छ। उहाँका तीन दर्जन भन्दा बढी कृतिहरु मध्य मैले अध्ययन गरेका केही कृतिहरु-

१.प्रथम रचना-हाम्रो झन्डा (निबन्ध)- २०४२ यश निबन्धमा – राष्ट्रियता र स्वाभिमानको साख लाई विशेष ग्राहयता दिइएको छ।

२. बालदिवस(सचित्र बालकथा )२०६१/७१ यस कथामा-पालम, चतुर विद्या , आखाको नानी, किसानको छोरो,शीर्षकमा लेखिएको छ।समग्र कथामा बालबालिका लाई अनुशासनमा रहन प्रेरित गरिएको छ।

३.केही असल मानिस हरु:-(जीवनी संग्रह) – २०६२ यस पुस्तकमा असल मानिसहरूको जीवनी समाबेश गरिएको छ यसले बालबालिकाको मस्तिष्कमा राम्रो असलमार्गको पाठ सिकाएको छ।

४.बाटो बताउने नाति(बालकथा संग्रह -२०६३/६६/७० बच्चाहरुको मस्तिष्क बिकासको लागि विभिन्न शीर्षकमा उत्प्रेरणा दिइएको छ। ५.गुराँस झुल्दैछ( सचित्र बाल दोहोरी गीत संग्रह -२०६३/७० मनोरञ्जन र बच्चाको भावना लाई समेटेर लेखिएको गीतले बाल बच्चाहरुको दिमागमा खुसी दिइएको छ।

६.आइँ पाडीले दूध खायो(बाल उपन्यास)-२०६४/७१ उपन्यास भित्र-सम्झनाका लहर,आइँ पाडी, विधालय ,पुस्तकालय ,पैँयुकोट,मिठो निन्द्रा,घाउ सन्चो भयो,जस्ता शिर्षक मार्फत-गाउले जीवन,जीवन जिउने कला,सस्कृती, रीतिरिवाज जस्ता कुरा मार्फत बालबालिकालाई सत्मार्गको शिक्षा दिईएको छ।

७.हजुरबाको गाउँ -(सचित्र बाल निबन्ध)२०६४/७० यस निबन्ध मार्फत-हाम्रो गाउँ , सहरको परिवेश , नेपाली रीतिरिवाज ,मौलिक चाडपर्वको बारेमा बृहत जानकारी दिइएको छ।

८.परर ताली(सचित्र बाल निबन्ध)२०६७. यस पुस्तक भित्र रहेका शीर्षक हरु-नटिप्नु हेर कोपिला,मेरो साथी,पानी, रमाइलो तानसेन, घडी , टेलीफोन ,परर ताली सहित भिभिन्न पैतिस शीर्षकहरु बाट लेखिएको पुस्तक मार्फत नेपालमा मनाइने पर्वहरु,नेपालका रमणीय स्थानहरु लगायत नयाँ प्रविधि को बारेमा पनि विविध जानकारी गराइएको छ।जुन जानकारीहरुले बाल मस्तिष्कमा थप उत्साह पक्कै गराउनेछ भन्ने कुरामा कुनै दुई मत छैन।

९.मोटरसाइकलको बिहे-(बाल नाटक)२०६७/७१. यसभित्र-मनोरञ्जनात्मक तरिकाले विभिन्न मौलिक नामका रमाइला पात्रहरु- मिनी,लिखे,तित्रे,म्याउँची,टिकुली, पुन्टे, झुसे, प्युपा, मसिने, मरिछे प्युरी कुटुने आदि पात्रहरुको सम्बाद मार्फत समाजका विकृती माथी प्रश्न उठाइएको छ।बिहेमा दाइजो प्रथा ठिक होइन भन्ने कुरालाई लेखकले विशेष जोड दिनु भएको छ।

१०.हाम्रा कुराहरु-(नयाँ बिषय र शैलीमा सचित्र बाल सम्बाद)२०६७ नेपाली संस्कृतिलाई सम्मान गर्दै विशेषत तराईमा मनाइने चाड-छठ पर्वको बारेमा विशेष उल्लेख गर्दै,हाम्रो झन्डा , हाम्रो दिवस ,हाम्रो पृथ्वी ,हाम्रो आकाश ,हाम्रा कुरा मार्फत विभिन्न समुदाय र उनिहरुको रीतिरिवाजको बारेमा बाल सम्बाद द्वारा सामाजिक चित्रण गरिएको छ।

११.बाफसँग पानी( सचित्र कविता संग्रह )२०७२. बाफसँग पानी,राम्रो लुगा,पुस्तक मेला,टुर्टुर भ्यागुता,आहा कती जाति , झन्डा नाच्यो फिरिरी, आँगन, नेपाली,फूल, झरना, बाठो खरायो,तराई ,मिठो मिठो बुबुमाम,धेरै फूल शिर्षक रहेका बाल कविताहरुले बालबालिकाको कलिलो मस्तिष्क अझै तीखो बनाउनेछ।

१२.टिनीमिनी घुन्न(किशोर कविता संग्रह )२०७५. यस कविता मार्फत- विभिन्न मौलिक बाजागाजाहरु- जस्तै:-सारङी,सनाई, कर्नाल, दमाहा, नर्सिङगा, ढोलकको आवाजको बारेमा मीठो कविता मार्फत प्रस्तुत गरिएको छ।त्यति मात्र नभई विभिन्न शीर्षकका कविता मार्फत समाजका कुराहरु दर्शाइएको छ।

१३.खल्तीका कुरा चल्तीका सूत्र(२०७२) यो पुस्तकमा झन्डै सात सय जति उक्ति(सूत्र)हरु छन् ।वहाँले जीवनको भोगाइ र जीवन बाच्ने सिलसिलामा बटुलेका अनुभूति हुन् ।यी सात सय उक्तिहरु कहिँ कतैबाट साभार गरिएका पनि होइनन् ।उहाँले जीवनमा भोगेका दिनहरु, विभिन्न समयमा विभिन्न विद्वानहरु सँग गरिएको भालाकुसारी विभिन्न प्रवचनमा सहभागी भइ उहाँकोअन्तर्मन देखि उत्पन्न भएका अभिव्यक्ति हुन् ।केही सूत्रहरु:- (क)अध्ययनले बुद्धि ,तर्कले क्षमता र चिन्तनले ज्ञान बढाउँछ। (ख)जीउमा फुर्ती चाहिन्छ भने पसिनालाई महत्व देऊ। (ग)छलेर खाने भन्दा मागेर खाने आदरणीय हुन्छन् । (घ) ज्ञान सीप र सूचना बुढालाई होइन बालकलाई देऊ। (ङ)लोभी भमरो कमलको फूलसङ्गै च्यातिन्छ, सूर्योदय देख्नै सक्दैन।

१४.बाँसै बाँस (तथ्य पुस्तक)२०७४ प्रस्तुत बासै बाँस नेपाली सामाजिक परम्पराले हुर्काइ ल्याएका बासे उपकरण सहित पाठक वृन्दलाई परिचित गराउने उद्धेश्यले फरक सोच बाट तयार गरिएको छ। त्यसैगरी

१५.भाषा (सिकाइ, सीप र सृजना)२०७० १६.खेल्दै पढ्दै(२०७६) १७.children’s TREASURE(२०७४) १८.some LUMINARIES(२०७६) १९.कतिराम्रो क(बालगीत संग्रह )२०६३

२०.पुतलीको बिहे(सचित्र बालकविता)२०६६/७०

२१ टुर टुर कराउँछ(सचित्र बालकविता)३०६६/७०

२२.मुनी पाठी( बालकविता)२०६५

२३.साथीभाइको कथा( बालकथा)२०६७/७१

२४.भ्यागुताको बिहे( बालनाटक)२०६७/७१

२५.उस्तै उस्तै छेपारो( बालनिबन्ध)२०६८

२६.म खेल्छु( सचित्र कविता)२०६९

२७.धर्ती मुस्कुराउछ ( सचित्र किशोर कविता)२०७०

२८.केरै केरा (बालकथा)२०७०

२९.प्वाँ प्वाँ भ्वौ भ्वौ( सचित्र कविता संग्रह )२०७२ अन्य:-

३०.भाषा सिकाइ, सीप र सृजना३०५३/६२/७०

३१.कदर नभएपछि(निबन्ध )२०६४

३२.बादलका रेखाहरु( निबन्ध)२०६४

३३.बाङ्गमय का कुरा( समालोचनाहरु)२०६९

३४.कक्षा १-१० सम्मका पाठ्यपुस्तकहरु( विभिन्न शृङ्खला हरु) विभिन्न समय र पत्रपत्रिकामा कथा , कविता, निबन्ध र समालोचना हरु।

नोट:-बाटो बताउने नाति, परर ताली, डाफेचरी, बालदिवस, मोटरसाइकलको बिहे, केही असल मानिसहरु अंग्रेज़ीमा पनि प्रकाशित छन् । अन्त्यमा छायादत्त न्यौपाने बगर फरक ढङ्गले सिर्जना ,समालाेचा, सम्पादनका माध्यमबाट नेपाली साहित्य सेवामा समर्पित व्यक्ति हुनुहुन्छ। वहाँका रचनाले सामाजिक बेथितिसँग असहमत हुँदै राष्ट्रप्रेम, प्रकृतिप्रेम,संस्कृतिप्रेमकाे वकालत गर्दैन। मानवीय सन्देश सम्प्रेषणमा रुचि राख्नुहुन्छ । सरल भाषा प्रयाेगमा रमाउने न्यौपानेका रचना बालसुलभ छन् । सरलतामा गम्भीर भाव दिन सक्ने न्याैपानेका कृति भविष्यमा अझ बढीको गहन र परिपक्व हुँदै जानेछन् भन्ने विश्वास गर्न सकिन्छ ।

(बालकुमार क्षेत्री” साइनो)

चर्चामा

सम्बन्धित समाचार