• होमपेज
  • देश
  • बाढी पहिरोमा अहिलेसम्म ६७ जनाको मृत्यु, ३० जना बेपत्ता

बाढी पहिरोमा अहिलेसम्म ६७ जनाको मृत्यु, ३० जना बेपत्ता

  • सोमवार, असार ३०, २०७६
बाढी पहिरोमा अहिलेसम्म ६७ जनाको मृत्यु, ३० जना बेपत्ता

असार ३०,काठमाण्डौ
वर्षाका कारण देशभर बाढी, पहिरो र डुबानबाट अहिलेसम्म ६७ जनाको ज्यान गएको भएको छ । ज्यान जानेमा २६ महिला र ४१ जना पुरुष रहेका छन् ।

विपदमा परेर ४३ घाइते भएको र ३० जना बेपत्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । अहिलेसम्म झण्डै एक हजार ५ सय जनाको सकुशल उद्धार गरिएको छ । गृह मन्त्रालयका अनुसार ३३ हजारभन्दा बढी मानिस विपदबाट प्रभावित भएका छन् ।

बाढी र पहिरोबाट उपत्यकामा ८ जनाको ज्यान गएको छ । ललितपुरमा ५ र काठमाण्डौमा ३ जनाको ज्यान गएको हो ।

बाढी पहिरो र डुबानमा परेर सबैभन्दा धेरै प्रदेश नम्बर १ मा २० जनाको ज्यान गएको छ । त्यस्तै प्रदेश २ मा १८ र प्रदेश ३ मा १७ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार