शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमाले बाजुरा निर्वाचन अपडेट : ४३ जना सदस्य निर्बिरोध (नामावली सहित)

नेकपा एमाले बाजुरा निर्वाचन अपडेट : ४३ जना सदस्य निर्बिरोध (नामावली सहित)

  • शनिबार, जेष्ठ ५, २०८१
नेकपा एमाले बाजुरा निर्वाचन  अपडेट : ४३ जना सदस्य निर्बिरोध (नामावली सहित)

बाजुरा– आठौँ जिल्ला अधिबेशन निर्बाचन प्रक्रिया अगाडी बढेसंगै निर्बाचन कमिटिले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको अधिबेशन निर्बाचन प्रक्रियाबाट ४३ सदस्य निर्बिरोध निर्बाचित भएका छन । जसमा बडिमालिका नगरपालिकाबाट ३ जना, हिमाली गाउँपालिकाबाट ४ जना स्वामिकार्तिक खापर गाउँपालिकाबाट ३ जना, जगन्नाथ गाउँपालिबाबाट ७ जना, गौमुल गाउँपालिकाबाट ८ जना, बुढिनन्दा नगरपालिकाबाट १ जना, खप्तड छेडेदह गाउँपालिकाबाट ६ जना बुढिगंगा नगरपालिकाबाट ७ जना र त्रिबेणी नगरपालिकाबाट ४ जना उम्मेद्धवार निरबिरोध निर्बाचित भएको निर्बाचन समितिले जनाएको छ ।
त्यस बाहेक अन्य सदस्य तथा पदाधिकारीहरुको निर्बाचन प्रक्रिया अगाडी बढेको र मतदान प्रक्रियाबाट छानीने निर्वाचन कमिटिले जनाएको छ । नेकपा एमाले बाजुराको आठौँ जिल्ला अधिवेशनबाट जिल्लाको नेतृत्व गर्न अध्यक्ष पदका लागी २ जनाको उम्मेद्धवारी दर्ता भएको भएको छ ।
नेकपा एमाले बाजुराको अधिबेशन १ गते उद्धघाटन भए पनि ३ दिन पछाडी निर्वाचन प्रक्रियामा गएको हो । निर्बाचन प्रक्रिया अनुसार एमालेका बर्तमान अध्यक्ष भरत थापा र एमाले नेता लाल बहादुर ओलीको अध्यक्षमा प्रतिस्प्रधा हुने भएको छ ।
त्यसै गरि उपाअध्यक्षमा जनक कुमार बोहरा र मेघराज शाही बिच प्रतिस्प्रधा हुने छ । सचिवमा काशि विक र जनक बिष्ट खुला उपसचिवमा हरि बहादुर रोकाया र मान बहादुर रोकाया (अर्जुन)को उम्मेद्धवारी रहेको निर्बाचन अधिकृत तुला बहादुर थापाले बताएका छन । उप सचिव महिलामा राजकला शार्की र कल्पना महतको उम्मेदवारी रहेको छ ।

निर्बिराेध निर्बाचीत हुनेकाे नामावाली

No description available.

No description available.

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार