शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • देश
  • प्रशासनीक तन्त्रले अटेर गर्दा नेपाली जनताले दुख पाईराखे ः मुख्य मन्त्री भट्ट

प्रशासनीक तन्त्रले अटेर गर्दा नेपाली जनताले दुख पाईराखे ः मुख्य मन्त्री भट्ट

  • शुक्रबार, जेष्ठ ३, २०७६
प्रशासनीक तन्त्रले अटेर गर्दा नेपाली जनताले दुख पाईराखे ः मुख्य मन्त्री भट्ट

बडिमालीका खवर

बाजुरा ३ जेठ

शुदुरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले प्रशासनीक तन्त्रले अटेर गर्दा नेपाली जनताले दुख पाएको बताएका छन् । मदन आश्रीत स्मृति दिवस तथा नेपाल कम्यूनिष्टपाटी नेकपाको वर्ष गाठको अवसर पारी नेपाल कम्यूनिष्ट पार्टी नेकपा जिल्ला कमिटिले अयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।
कर्मचारीहरुले खटाएको ठाउ गएर जनतालाई सेवा नदिने सबै कर्मचारी सेवा, सुविधामा र मनले चाहेको ठाँउमा जाने परिपाटि रहेको छ । नेपाली राजनैतिक परिर्वतन असुईकार गर्ने भएकोले नेपाली जनताले दुख पाउने गरेको बताए । अव देख सघियतामा गएको र केन्द्र देखी स्थानीय स्थरका सरकारले आ आफ्नो जीम्मेवारी पाई काम अगाडी बढीसकेकोले जनताले छिट्टै विकासको अनुभूक्ति गर्ने बताए ।
दुई तिहाई सहितको सरकारले धेरै राम्रो काम गरेको तर पाटी एकिरणले प्रचारमा मात्र नआएको पनि बताए । पार्टीका स्थानीय स्तरसम्मका संगठनहरु निर्माण भएपछि नेपाली जनतालाई सूसुचित गर्नु पर्ने र सरकारले गरेका कामको मूल्याङ्कन हुने बताए । मदन भण्डारी र पूष्पलाल कुवरको सपना यो सरकारले पूरा गरेको बताए ।
प्रदेश सरकार गठनको १५ महिना पछि पहिलो पटक बाजुरा पुगेका मुख्य मन्त्री भट्टले देशको सबै भन्दा पछाडी रहेको बाजुरालाई विषेश प्रथामीकतामा राखेर बजेटको बिनियोजन गर्ने र आउने बजेटले बाजुरालाई उच्च मूल्याङ्कन गर्ने भट्टले बताए । थप बाजुराको स्थानीय स्रोत साधनलाई प्रयोग गरेर बाजुरा जिल्लाको विकासको लागी प्रदेश सरकार तयार रहेको बताए । प्रदेशको विकासको लागी सडक स्वास्थ्य शिक्षा पर्यटन मुख्य रहेकोले पर्यटन प्रर्बदनको लागी सडकले मुख्य भूमिका खेल्ने र खप्तडलाई मूख्य केन्द्र विन्दु बनाएर बडिमालिका,रामारोसन,अपी साईपाल लगाएतका अन्य क्षेत्रमा विकास गरेर पर्यटन प्रर्बदनमा विकास गर्नु पर्ने बताए ।
सुदुरपश्चिम प्रदेशका आन्तरीक मामिला तथा कानून मन्त्रीले तत्कालीन पार्टीका महासचिव मदन भण्डारीको विचारले स्थापना भईसकेको बताए । भण्डारीको षडेन्त्रपूर्ण रुपमा हत्या भएकोले हत्यारा पत्ततालगाउनु पार्टी नेतृत्व तहले लाग्नु पर्ने बताए । आफ्नो मन्त्रालय कानून निर्माणमा सवै प्रदेश भन्दा पहिलो रेहेको र सुदुरपश्चिम प्रदेशले कानून निमार्णलाई उच्च प्राथामिकताका साथ राखेको बताए ।
पार्टी एकिकरण र कर्मचारी समायोजन र प्रदेश सरकारले पाएको जिम्मेवारी नौलो अभ्यास भएकोले काममा केही ढिलो हुन गएकोले यो आर्थिक वर्ष मंसिरलाई मानेर कामकाज अगाडी बढाउने प्रदेश सरकारमा छलफल भएको शाहले बताए ।
संबिधान सभाका सदस्य बसुन्धरा रोकायाले प्रदेश सरकार बाजुरालाई विषेश पहल गर्नु पर्ने बताए । नेपाल कम्यूनीष्ट पाटी नेकपा जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रमा नेकपाका प्रदेश, जिल्ला कमिटी जनप्रतिनिधि बिभिन्न पार्टीका भातृसंगन लगाएतको उपस्थिति रहेको थियो । नेकपाका जिल्ला सचिव भरत बुढाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन नेकपाका नेता काँशी विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार