• होमपेज
  • देश
  • एक लाखभन्दा बढी बेरोजगारले दुई महिनाभित्र रोजगारी पाउने

एक लाखभन्दा बढी बेरोजगारले दुई महिनाभित्र रोजगारी पाउने

  • मङ्लबार, बैशाख ३१, २०७६
एक लाखभन्दा बढी बेरोजगारले दुई महिनाभित्र रोजगारी पाउने

काठमाण्डाै – अबको दुई महिनाभित्र एक लाखभन्दा बढी बेरोजगारले रोजगारी पाउने भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगारलाई रोजगारी दिन विभिन्न स्थानीय तहलाई बजेट छुट्याएर पठाइसकिएको जनाए को छ ।बेरोजगारी सूचीमा दर्ता भएका १ लाख ६ हजार ८ सय ७२ जनालाई ३० दिन बराबरको रोजगार दिन परिपत्र समेत भैसकेको छ ।सरकारले चालु वर्षको बजेटमार्फत प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ५ लाखलाई रोजगार दिने भनेको थियो । बजेटमा व्यवस्था भएअनुसार यही आर्थिक वर्षभित्र १ लाख भन्दा बढीलाई ३० दिन बराबरको रोजगारी दिन लागिएको हो ।

बेरोजगारलाई रोजगारी दिन सरकारले २ अर्ब ३६ करोड ७९ लाख ६९ हजार रुपैयाँ बराबरको रकम स्थानीय तहमा सशर्त अनुदानका रूपमा पठाएको छ।स्थानीय तहले न्यूनतम पाँच लाखदेखि एक करोड रुपैयाँसम्मको अनुदान पाएका छन्।कामका लागि पारिश्रमि कमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि स्वीकृत भएको भन्दै मन्त्रालयले बजेट कार्यान्वयनका लागि सबै स्थानीय तहलाई निर्देशन दिएको हो । सरकारले प्रत्येक परिवारका एकजना सदस्यलाई एक वर्षमा कम्तीमा सय दिन रोज गारी उपलब्ध गराउने र रोजगारी दिन नसके बेरोजगार भत्ता दिने निर्णय गरिसकेको छ ।यस आर्थिक वर्षमा सय दिन रोजगारी उपलब्ध गराउन नसकिएकाले एक महिनाको लागि मात्रै रोजगारी दिने गरी बजेट पठाइएको हो ।

चर्चामा

सम्बन्धित समाचार