आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • मोडेल स्लाइडर
  • करिनाको तीन महिनाको कमाइ ८० करोड

करिनाको तीन महिनाको कमाइ ८० करोड

  • बिहिबार, बैशाख ५, २०७६
करिनाको तीन महिनाको कमाइ ८० करोड

मुम्बई : करिना कपुर खान ती अभिनेत्रीमध्येकी हुन् जो टीभीबाट टाढै बस्छिन् । टीभीका कयौं सोबाट अफर आए पनि करिना सानो पर्दामा अटाउन चाहिनन् । अहिले सानो पर्दाबाट पनि मनग्गे धनको वर्ष हुन थालेको छ । जति पैसा फिल्मबाट प्राप्त हुन्छ त्योभन्दा कयौं धेरै टीभीबाट पनि प्राप्त हुन थालेको छ । टीभीमा फिल्मको भन्दा काम पनि थोरै गरे पुग्छ ।

अहिले आएर करिनालाई एक टीभी सोको अफर आएको खबर आएको छ । यो सोमा उनले जजको भूमिका निर्वाह गर्नुपर्नेछ । यसका लागि करिना राजी त भइन् तर यसका लागि उनले ठूलो राशि पारि श्रमिक मागेकी छन् ।

खबरअनुसार ‘डान्स इन्डिया डान्स’ नामक सो आउँदैछ । यसका निर्माताले करिनालाई सोको जज बन्न आग्रह गरेका छन् । करिनाले प्रतिएपिसोड तीन करोड रुपैयाँसम्म मागेकी छन् । यो सोको लगभग ३० एपिसोड प्रसारित हुँदैछ । यसबाट करिनाले ८० देखि ९० करोड कमाउने छिन् त्यो पनि तीन महिनामा ।

अहिले करिना र निर्माताबीच सम्झौताका लागि छलफल चलिरहेको छ । नियम र सर्त बनाइँदै छ । करिनाले कहिले र कति घण्टा काम गर्नुपर्छ भन्ने नियम तय हुँदैछ । सर्तनामा मिल्यो भने करिना यही सोबाट टीभीमा डेब्यु गर्नेछिन् । यो सोका निर्माता करिनाको लोकप्रियताबाट फाइदा उठाउन सक्ने भएकाले यति धेरै पारि श्रमिक दिन तयार भएका हुन् । एजेन्सी

साभार अन्नपुर्ण पाेष्ट

चर्चामा

सम्बन्धित समाचार