आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • समाज
  • पुरुष बिहिन बन्दै गाँउ

पुरुष बिहिन बन्दै गाँउ

  • मङ्लबार, बैशाख ३, २०७६
पुरुष बिहिन बन्दै गाँउ

प्रकाश सिंह
बाजुरा, ३ बैशाख
लामो खडेरीले आजित बनेपछि शुदुरपश्चिम प्रदेशका बाजुरा, बझाङ्ग र कर्णाली प्रदेशका सबै जिल्ला धेरै गाँउका युवाहरु सबै भारत तिर हिडेका छन् । पुरुष जति सबै भारत हिडेपछि गाँउनै पुरुष बिहिन बन्दै गएका छन् । ४२ बर्ष पछिको लामो खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्र, बझाङ्ग, कर्णालीका हुम्ला, मुगु, जुम्ला र कालिकोट गाँउ निकै काकाकुल बनेका छन् ।
लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको छ । खेती योग्य जमिन बाझै रहेपछि स्थानियमा चरम खाद्य संकट उत्पनन भएको छ । चार बर्ष देखीको लामो खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय निकाय, हुम्लाको श्रीनगर भेगका २ वटा गाँउपालिका र मुगुको श्रीकोट भेगका धेरै गाँउ पुरुष बिहिन बन्दै गएको बाजुराको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।
नियमितको खडेरीले खाद्य संकटग्रस्त मुगुको खत्याड गाँउपालिकाको भीउ गाँउका २ सय ६५ दलित समुदायका घरधुरीमध्ये ८७ प्रतिशत घरधुरीबाट करिब ४ सय जना पेट पाल्ने बाध्यताले रोजगारीका लागि भारततिर पलायन भएका छन् । भारत पलायन भएको यो संख्या उक्त गाबिसको कूल जनसंख्याको २५ प्रतिशत हो । भारत पलायन हुने दलित बस्तीको घरधुरीबाट ९३ प्रतिशत र गैरदलित बस्तीको घरधुरीको करिब ८६ प्रतिशत संख्या रहेको छ । अन्य गाँउ बाट पनि भिउ गाँउजस्तै ठूलो संख्यामा स्थानीय बासिन्दा खाद्य संकट टार्न रोजगारीको खोजीमा भारत पसेका छन् । खाद्य संकटले गाजेपछि बिद्यालय जाने र काम गर्न सक्ने उमेर समूहका बालबालिका समेत बिद्यालय छोडेर कामका लागि भारत छिरेका छन् । कतिपय घरधुरीका सपरिवार नै बिस्थापित भएका छन् ।
हुम्लाको ताजामैला गाँउपालिका १ का नन्द बहादुर भण्डारी पनि भारतको सदर बजारमा चौकिदार गर्न गएका छन् । बिगतमा लामो खडेरीका कारण घरमा खानलाइ अन्नवालि नभएपछि उनि काम गर्न गएका हुन्, उनि सँग उनकै गाउका २० जनाको टोलि भारत हिडेका छन् । गाँउका काम गर्ने सबै पुरुषहरु भारत गईसके महिला, बयबृद्ध र वालवालिका मात्र रहेको नन्दले बताएका छन् । लामो खडेरि कारण गाँउमा खाद्यन्नको जोहो गर्न समस्या भएपछि शुदुरपश्चिम र कर्णाली जिल्लाका पुरुषहरु भारत तिर लागेका छन् ।
बाजुराको स्वार्मीकार्तिक गाँउपालिका १ साप्पाटामा गाँउमा बयबृद्ध, महिला र वालवालिकामा मात्र रहेका छन् । स्थानिय शिक्षक मन बहादुर रोकायाले भने गाँउमा मलामि समेत भेटन समस्या भएको छ सबै भारततिर पसेका छन्, कोही मर्दा पनि अब महिलाले मलामी हुनु पर्ने अबस्था रहेको छ । सबै खाद्यन्नको जाहो गर्नका लागि भारत तिर पसेको रोकायाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार