दीनदुःखीको उपचार गर्न तलबभत्ता खर्चिने पत्रकार
२०६६ को एउटा अनिदो बिहान । पश्चिमोत्तर सुदूरको पाहाडमा घामले राम्ररी पखेँटा फिँजाइसकेको थिएन । बासिविदो बसेजस्तो आकाशमा टम्म बादल बास बसेको थियो । एकजना दीनहीन बालिका, आफूजस्तै दुब्लो, भोक, रोगग्रस्त र शोकमग्न अनुहारको बालक पिठ्युँमा बोकेर घाम नझुल्कँदै प्रकाश सिंहको औषधि पसलमा आइन् । अहेव सिंह बाजुराको देवलसिङ स्वास्थ्यचौकीमा काम गर्थे । रोगले गाँजेका […]