मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा बजार अनुगमन अखाध्य बस्तु बरामत गरी नष्ट

बाजुरामा बजार अनुगमन अखाध्य बस्तु बरामत गरी नष्ट

  • सोमवार, अशोज ११, २०७८
बाजुरामा बजार अनुगमन अखाध्य बस्तु बरामत गरी नष्ट

बाजुरा — बाजुराका बिभिन्न बजारमा म्याद गुज्रेका खाद्य सामाग्री बरामद गरी नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुरा, घरेलु तथा साना उद्योग कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलि द्वारा सोमबार डाब बजार, मालिका रिठा बेतालमाण्डौ र बाम्का लगायतका बजार क्षेत्रमा अनुगमन गरिएको हो ।
लगातार बर्षाका कारण साफे मार्तडी र मार्तडी कोल्टी सडक अवरोध भएदेखि व्यापरीहरुले कालोबजारी गरेको जनगुनासो पछि जिल्ला प्रशासन कार्यालयले सम्पुणर् टोली खटाई बजार अनुगमन गरीएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
व्यापरीहरुलाई पूर्व पटक-पटकको अनुगमनमा पनि जानकारी दिदा पनि व्यापारीहरुलाई दिएको निर्देशनहरु पालना नगरी म्याद गुजे्रका सामाग्री बिक्रि बितरण गरेका ३ वटा पसललाई रु ५ सयका दरले र २ वटा मदिरा पसललाई रु १ हजारका दरले गरि जम्मा रु ३ हजार ५ सय जरिवाना समेत गराएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।
जिल्लाका सम्पुणर् टोली जिल्ला प्रशासन कार्यालय, स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका, उद्योग वाणिज्य संघ, स्थानीय प्रहरी र स्थानीय पत्रकारहरुको सयुक्त टोलिद्वारा जगनाथ गाउँपालिकाको पिलुचौर बजारमा बिभिन्न २० वटा पसलहरु अनुगमन गरी म्याद गुज्रेको औषधि २ बोरा र पेय पदार्थ तथा मिठाई लगायतका सामाग्रीहरु १ बोरा खुद्रा तथा अन्य पिय पदार्थहरु बरामद गरी नष्ट गरिएको प्रमुख जिल्ला अधिकारीले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार