शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै

फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै

  • मङ्लबार, अशोज १२, २०७८
फर्मासिस्टको बदमासी : १५ हजार लिएर लाइसेन्स भाडामा, काम अन्तै

विराटनगर – औषधिको विक्रि वितरण गर्दा ‘फर्मासिस्ट’ (व्यवसायी) अनिवार्य रूपमा औषधी पसलमा बस्नुपर्ने व्यवस्था औषधी व्यवस्था विभागले गरेको भएपनि कमिसनको लोभमा आफ्नो लाइसेन्स भाडामा लगाएर अन्यन्त्र काम गर्ने गरेको पाइएको छ । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने फर्मासिस्टहरू बढी मुनाफा आर्जन गर्ने लोभमा बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्दै निश्चित रकम लिएर भाडामा लाइसेन्स लगाउने र फर्मासिस्ट पढेका प्राविधकहरू अन्यन्त्र काम गर्ने गरेको भेटिएको हो ।

यसरी औषधी पसलमा नबसी भाडामा लाइसेन्स लगाएर अर्को पसल वा विभिन्न औषधी उद्योगहरूमा काम गर्दै आएकोे पाइएपछि औषधी व्यवस्था विभागले बदमासी गर्ने फर्मासिस्टहरूको लाइसेन्स खारेजीसम्मको प्रक्रिया अगाडी बढाउन थालेको छ । विभागले आइतबार सुनसरीको फार्मेशीहरू अनुगमन गर्दा दुई जना फर्मासिस्टले भाडामा लाइसेन्स लगाएको अनुगमनको क्रममा फेला परेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

फर्मासिस्ट राज कट्टेलले भाडामा लाइसेन्स लगाएको अनुगमनको क्रममा भेटिएको छ । उनले इटहरी १७ मा रहेको एलिना फार्मेशी भाडामा लाइसेन्स दिएर उनी भने मोरङको कटहरीस्थित एम टेक फर्मासिटिकलमा काम गर्ने गरेको अनुगमनको क्रममा भेटिएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।

यसैगरि अनुगमनको क्रममा बराहक्षेत्र नगरपालिका ६ मा रहेको कामना फार्मेसीका फर्मासिस्ट अरविन कुमार अग्रहरीले पनि लाइसेन्स भाडामा लगाउको भेटिएको छ । बी फार्मेसी गरेका उनले कामना फार्मेसीमा आफ्नो लाइसेन्स दिएर काम भने अन्यन्त्र गरेको भेटिएको फार्मेशी निरीक्षक खड्काले बताए ।

उक्त फार्मेसीको संचालक प्रमोद कुमार साह तेलिको रहेका छन् । औषधी ऐन २०३५ को दफा १७ को उपदफा २ ले भनेको छ, ‘औषधी चिकित्सकको प्रेशक्रिप्सन बमोजिम विक्रि-वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी आफैले गर्नु पर्नेछ र फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायी बाहेक अरुले त्यस्तो औषधि बिक्रि वितरण गर्दा फर्मासिस्ट वा फार्मेसी सहायक वा व्यवसायीको उपस्थिति अनिवार्य हुनेछ ।’ औषधीको विक्रीवितरण गर्दा फर्मासिस्टको अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था गरेको कारणले कतिपय फर्मासिस्टले कमिसनको लोभमा आफ्नो लाइसेन्स फार्मेशीमा भाडा दिएर उनीहरू अर्कै ठाउँमा काम गर्ने गरेको पाएको छ ।

यसरी कमिसनको लोभगमा फार्मासिस्टले विकृती बढाएर विभागले प्रभावकारी रूपमा अनुगमन गरेर भाडामा लाइसेन्स लगाएको भेटिए कारवाहीको प्रक्रिया अगाडी बढाएको छ । ‘फर्मासिस्टले भाडामा लाइसेन्स लगाएर अन्यन्त्र काम गरेको अनुगमनको क्रममा फेला परेको खण्डमा कारवाहीको प्रक्रिया अगाडी लैजाने गरेका छौं,’ औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख कट्टेलले भने, ‘यसरी भाडामा लाइसेन्स लगाएर अन्यन्त्र काम गरेको भेटिए नेपाल फार्मेशी परिषदमा फर्मासिस्टको लाइसेन्स खाजीसम्मको लागि सिफारिस गरिनेछ । त्यसको साथै भाडामा लगाउने फर्मास्टिलाई कालोसूचीमा समेत राखिनेछ ।’ फर्मासिस्टले मासिक ८ देखि १५ हजार रुपैयाँसम्म लिएर भाडामा लाइसेन्स लगाउने अन्यन्त्र काम गर्ने गरेको भेटिएको छ ।

भाडामा लाइसेन्स लगाउने फर्मासिस्ट खोज्दै विभाग

औषधी व्यवस्था विभाग विराटनगरको कार्यक्षेत्र प्रदेश १ को १४ जिल्ला र प्रदेश २ को सिरहा र सप्तरी पनि पर्दछ । पछिल्लो समय फर्मासिस्टहरुले भाडामा लाइसेन्स लगाउने र अन्यन्त्र काम गर्ने गरेको जनगुनासो आउन थालेपछि अहिले त्यस्ता फर्मासिस्ट खोजी गर्ने र कारवाहीको प्रक्रिया अगाडी बढाउने अभियान सुरू गरेको औषधी व्यवस्था विभाग विराटनगरका निमिक्त कार्यालय प्रमुख संजीव शर्मा कट्टेलले जानकारी दिए ।

अहिले अस्पताल फार्मेसी, औषधी उधोग, तथा फार्मासिस्ट कार्यरत क्षेत्र, फार्मेसी अध्यापन गराउने कलेजहरु सबै बाट बिभागले फार्मासिस्टको बिवरण संकलन गरि अनलाइन डिएएमएस बाट काउन्सिल नम्बर सहित रुजु गर्ने र भाडामा लगाइएको पाइएमा कार्वाहि प्रक्रिया अगाडि बढाउन थालिएको उनले बताए ।

‘लाइसेन्स भाडामा लाएर सम्बन्धित स्थानमा काम नगरेको भेटिएका सबै फार्मासिस्टहरु लाई कालो सुचिमा राखी विभिन्न माध्यमबाट सुचना पनि प्रकाशित गर्ने तयारी थालेका छौं,’ उनले भने, ‘समग्र फार्मेसी पेसामा देखा परेको बिकृती रोक्नको लागि यो अभियान सुरू गरिएको हो ।’ उनले आफ्नो पेशाको मार्यदा कायम गरि स्वच्छ वातवरणमा गुणस्तरीय औषधीको विक्रीवितरणको लागि विभागले नियमन गर्न सुरू गरेको उनले बताए । हेल्थ अावाजबाट

चर्चामा

सम्बन्धित समाचार