मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुराका उपप्रमुख पालिका बाट बर्षमा यत्ति रकम बुझ्छन् !

बाजुराका उपप्रमुख पालिका बाट बर्षमा यत्ति रकम बुझ्छन् !

पालिका अनुसार सेवासुबिधा फरक फरक

  • बिहिबार, अशोज ७, २०७८
बाजुराका उपप्रमुख पालिका बाट बर्षमा यत्ति रकम बुझ्छन् !

बाजुरा–बाजुराका उपप्रमुखहरुले पालिका अनुसार फरक फरक सेवा सुबिधा लिएको पाईएको छ । कानुनले बिभिन्न मापतण्ड तोकेर सेवा सुबिधा बितरण गर्ने भएपनि बाजुरामा भने पालिका बाट फरक फरक तरिकाले रकम बुझिलिएको पाईएको छ ।

नेपालको संबिधानको धार २७७ मा गाउँ तथा नगर सभा सदस्यहरुले पाउने सेवा सुबिधाको सम्बन्धमा प्रदेश कानुनले तोकेको छ । तर बाजुराका नौ ओटै स्थानिय तहका उपाअध्यक्ष तथा उपप्रमखहरुको सेवा सुबिधाको खर्चमा एक रुपता नदेखिएको पाईको छ ।

प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिबेदनको आधारमा बाजुराका ९ स्थानिय तहका उप प्रमुखहरुको सेवा सुबिधामा एकरुपता नदेखीएको पाईको छ । सेवा सुबिधा बुझने सबैभन्दा बढी बुढिगंगा नगरपालिका नगरप्रमुख तारा खातीले ५ लाख ५९ हजार लिएको छ ।

बुढिगंगा नगरपालिका

बुढिगंगा नगरपालिका उप प्रमुख तारा खाती थापाको नाममा बैठक भत्ता १ हजार २ सय, यातायात खर्चमा १ लाख २० हजार, टेलीफोन मोबाइल खर्च ७२ हजार रकम लिएको पाईएको छ । त्यस्तै पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार र चाडपर्व खर्च २५ हजार गरि जम्मा ५ लाख ५९ हजार सेवा सुबिधा लिएको देखाएको छ ।

बडिमालिका नगरपालिका

बडिमालिका नगरपालिका उप प्रमुख कबिता बिष्टको नाममा बैठक भत्ता १२ हजार, यातायात खर्च १ लाख २० हजार, टेलीफोन मोबाइल ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार रकम लिएको पाईएको छ । त्यस्तै समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार चाडपर्व खर्च २५ हजार गरि ५ लाख ४७ हजार लिएको जनाएको छ ।

बुढिनन्दा नगरपालिका

बुढिनन्दा नगरपालिका उप प्रमुख श्रृष्टी रेग्मीको नाममा बैठक भत्ता १५ हजार, यातायात भने लिएकी छैनन । टेलीफोन, मोबाइल खर्च ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार र चाडपर्व तथा अन्य खर्च २५ हजार गरि जम्मा ४ लाख २७ हजार सेवा सुबिधा लिएको देखाएको छ ।

त्रिबेणी नगरपालिका

त्रिबेणी नगरपालिका उप प्रमुख राधिका सुनारको नाममा बैठक भत्ता १४ हजार ४ सय ५०, यातायात भने लिएकी छैनन । टेलीफोन मोबाइल खर्च ५४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ८१ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाई ३१ हजार ५ सय र चाडपर्व खर्च २५ हजार गरि जम्मा ३ लाख ४० हजार ९ सय ५० लिएको पाईएको छ ।

खप्तड छेडेदह गाउँपालिका

खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष कुन्ती बुढाको नाममा बैठक भत्ता १८ हजार, यातायात खर्च ८१ हजार, टेलीफोन, मोबाइल खर्च ४५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार लिएकी छन् । समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाई २७ हजार र चाडपर्व खर्च २२ हजार ५ गरि जम्मा ३ लाख ७८ हजार लिएकोे छ ।

हिमाली गाउँपालिका

हिमाली गाउँपालिका उपाअध्यक्ष चन्द्रकला बुढाका नाममा बैठक भत्ता ३० हजार, यातायात खर्च भने लिएकी छैनन । टेलीफोन, मोबाइल खर्च ३५ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ३१ हजार ५ सय, समन्वय तथा सहजीकरण ४९ हजार, अतिथि सत्कार ६३ हजार, खानेपानी बिजुली तथा सरसफाई २१ हजार र चाडपर्व खर्च २२ हजार ५ गरि जम्मा २ लाख ५२ हजार सेवा सुबिधा लिएको देखाएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका

स्वामिकार्तिक खापर गाउँपालिका उपाअध्यक्ष मिमा बुढाको नाममा बैठक भत्ता ३७ हजार, यातायात खर्च ८१ हजार रहेको छ । टेलीफोन, मोबाइल खर्च ४५ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४० हजार ५ सय, समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ८१ हजार, खानेपानी बिजुली तथा सरसफाई २७ हजार र चाडपर्व खर्च ५० हजार ९ सय ५० गरि जम्मा ३ लाख ९७ हजार सेवा सुबिधा लिएको जनाएको छ ।

जगन्नाथ गाउँपालिका

जगन्नाथ गाउँपालिका उपाअध्यक्ष ऐना गिरीको नाममा बैठक भत्ता ३ हजार, यातायात खर्च ९ हजार लिएको देखाएको छ । टेलीफोन, मोबाइल खर्च ५ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४ हजार ५ सय, समन्वय तथा सहजीकरण ७ हजार, अतिथि सत्कार ९ हजार, खानेपानी बिजुली तथा सरसफाई ३ हजार चाडपर्व खर्च, १२ महिनाको अन्य खर्च ३ लाख ७८ हजार र २२ हजार ५ सय गरि जम्मा ४ लाख ५ हजार सेवा सुबिधा लिएको देखाएको छ ।

गौमुल गाउँपालिका

गौमुल गाउँपालिका उपाध्यक्ष सिता थापाको नाममा बैठक भत्ता २४ हजार, यातायात खर्चमा १ लाख ८ हजार रहेको छ । टेलीफोन, मोबाइल खर्च ६० हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ५४ हजार, समन्वय तथा सहजीकरण ८४ हजार, अतिथि सत्कार १ लाख ८ हजार रहेको छ । त्यस्तै खानेपानी बिजुली तथा सरसफाई ३६ हजार र चाडपर्व खर्च २२ हजार ५ गरि जम्मा ४ लाख ९६ हजार ५ सय सेवा सुबिधा लिएको देखाएको छ ।

चर्चामा

सम्बन्धित समाचार