शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • जिल्ला अस्पताल बाजुरामा भेटिदैनन् डाक्टर

जिल्ला अस्पताल बाजुरामा भेटिदैनन् डाक्टर

  • आइतवार, अशोज १०, २०७८
जिल्ला अस्पताल बाजुरामा भेटिदैनन् डाक्टर

बाजुरा — जिल्ला अस्पताल बाजुराका डाक्टर अस्पतालको उपचार सेवा समयमा नभेटिने गरेको पाईएको छ । जिल्ला अस्पताल बाजुरामा १० बजे ओपिडि सञ्चालन हुने भएपनि ११ बजेसम्म पनि चिकित्सक ओपिडिमा नआउने गरेको एक कर्मचारीले वताए ।

उपचारका लागि अस्पताल बाजुरामा १० बजे अस्पताल पुगेपनि डाक्टरको पर्खाइमा बस्ने गरेका छन् । कहिले त म्यासेन्जरमा रिपोट मगाएर कोठा बाट हेर्ने अस्पतालमा नआउने गरेको अस्पतालका एक कर्मचारीले वताए । जिल्ला अस्पताल बाजुरामा ६ जना मेडिकल अधिकृत रहेका छन् । एकजना डेन्टल सर्जन डा. राजकुमार रोकाया समेत रहेका छन् ।

सामान्य उपचार त हाम्रै गाउँको स्वास्थ्य चौकीमै हुन्थ्यो त्यती टाढाबाट उपचार गर्न जिल्लामा आँयौ यहा डाक्टर नै नेभेटर अन्य स्वास्थ्यकर्मीले जाँच गरेको एक जना बिरामीका आफन्तले बडिमालिका खवरलाई भने । जिल्ला अस्पतालमा डाक्टरहरुले बिहान १० बजेदेखी २ बजे सम्म अनिबार्य ओपिडीमा बस्नुपर्ने हुन्छ जिल्ला अस्पताल बाजुराका सुचना अधिकारी नृपराज गिरीले भने ।

जिल्ला अस्पताल बाजुराका डाक्टर कहिले बिहान ११ बजे त कहिले साढे ११ बजे मात्रै ओपिडीमा आउने गरेको र दिउँसो १ बजे पछि अस्पतालमा डाक्टर नभेटिने गरेको पाइएको छ । एकजना नर्सलाई डाक्टर अहिले आउनुहुन्न भन्दा उहाँहरु त ११ बजेपछि आउछन् भन्ने बताएकि थिइन् । उनलाइ डाक्टर १० बजे ओपिडिमा चेकजाँच गर्न आउनुपर्छ भन्ने थाहा नरहेको रहेछ, डाक्टरले त जतिबेला आएपनि हुन्छ भन्ने उनको तर्क रहेको थियो ।
जिल्ला प्रशासनबाट अनुगमन गरिरहेका हुन्छौ, तर यस्तो हो भने फेरी अनुगमन गर्न तयार रहेका छौ प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । जिल्ला अस्पतालको यस्तो गुनासो नआएको भए पनि साच्चिकै डाक्टरहरुको लापरबाही हो भने अनुगमन पक्रिया अगाडी बढाउने प्रजिअ अधिकारीले बताए । नागरिकमाथी कसैले खेलबाड गर्न हुदैन डाक्टहरुलाई हामीले समय निर्धारण गरिदिएका छौ, त्यो समयमा कुन डाक्टरको पालो हो हामी हेर्छौ, जिल्ला अस्पताल बाजुराका अस्पताल ब्यबस्थापन समिति अध्यक्ष भरत थापाले बताए ।

जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाक्टर गौरव आचार्यले भने अहिले अस्पतालमा २ जना मात्रै डाक्टर भएकोले राउण्ड एक्सरे लगायतका काम हुने गरेकोले ओपिडीमा बस्न नपाएको बताए । बिरामी भएको बेला हामी जतिबेला पनी उपचारमै खटिएका छौँ, दुबै जना डाक्टर भएको समयमा सामान्य कोही कसैले डाक्टरले दिने सेवामा तलमाथी भएको हुन सक्ने डाक्टर आचार्यले बताए । तर आइतबार बिहान बडिमालिका खबरको टिम अस्पतालमा रिपोटिङ्गमा पुग्दा ११ बजे सम्म अस्पतालमा कुनै पनि चिकित्सक पुगेका थिएनन् ।

चर्चामा

सम्बन्धित समाचार