शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • चामल नपाएपछि आशु झार्दै घर गइ्न वालिका

चामल नपाएपछि आशु झार्दै घर गइ्न वालिका

  • शुक्रबार, अशोज ८, २०७८
चामल नपाएपछि आशु झार्दै घर गइ्न वालिका

बाजुरा–हिमाली गाँउपालिका २ बिच्छँयाकी जुनकला बुढा चामल किन्न दुईदिन लगाएर कवाडी डिपोमा पुगिन्, तर त्यहाँ एकदाना पनि चामल नपाएपछि आशु झार्दै घर फर्कीन । ५ जनाको परिवार रहेको जुनकलाका बुवा बिरामी छन्, भने आमा अशक्क्त रहेकी छन् ।
चामल नपाएपछि कवाडी बजारमा रुदै भनिन्, आमा र बुवा आउन सक्नु भएन, म आए, तर चामल नपाएर रितो हात घर जानु परेको वताईन् । चामल किन्ने पैशा पनि गाँउमा मासिक सयकडा ५ रुपैया साँहु बाट रिन मागेर ल्याएको थियो । तर चामल नपाँएको दुखोसो पोखिन् । कोल्टी पुग्न अझै एकदिन लाग्छ, केटी मान्छे बास बस्नु पर्छ आफु जान नसक्ने वताईन् ।
जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किन् । धर्माले श्रीमान ज्यालादारी काम गर्न गएका छन्, आफु चामल किन्न आए तर नपाएपछि रित्तो हात घर जानु परेको वताईन् । अध्यारो मुख लगाउदै कवाडी बजारमा भनिन्, हाम्रो लागि सरकारले पनि कस्तो वेवास्ता गरेको पैशा छ, तर चामल किन्न नपाएको वताईन् । छोरा छोरीलाई त पुयाउन सक्दैनौ, आफुहरु भने कुनै दिन भोकै बस्नु परेको जुनकलाले वताईन् । अब चामल नपाएपछि सिस्नोले छाक्क टार्ने उनले वताईन् ।
समयमै ठेकेदारले चामल ढुवानी नगर्दा हिमाली गाँउपालिकामा खाद्य सकंट भएको छ । हिमाली गाँउपालिकाको कवाडी डिपोमा ठेकेदारले ठेक्का असोजमा सम्झौता गरेको भएपनि अहिले सम्म चामल ढुवानी नगर्दा चरम खाद्य संकट भएको हिमाली गाँउपालिका ५ का अध्यक्ष अम्मलाल कार्कीले वताएका छन् ।
बिच्छँयामा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडी बाट एक साता लाग्ने गरेको छ ।
आर्थिक बर्ष ०७७। ०७८ मा मार्तडी शाखाका लागि ९ हजार १ सय ४ कुन्टल, कोल्टि शाखाका लागि ८ हजार कुन्टल चामल रहेको थियो । त्यस्तै कवाडी डिपोका लागि २२ सय कुन्टल चामलको कोटा रहेको थियो । गत आर्थिक बर्षको सबै चामल बिक्रि गरेर सकेपछि संस्थानमा ताला लगाएर बिक्रि बन्द गरेको खाद्य ब्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मार्तडी शाखा प्रमुख मेखराज ओझाले वताए ।
यो आर्थिक बर्षमा मार्तडीका लागि ६ हजार, कोल्टिका लागि ७ हजार र कवाडी डिपोका लागि ३ हजार कुन्टल स्वीकृत भएको छ । तर ढुवानीको प्रक्रिया कुनै अगाडि नबढेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए । ओझाले भने दशैमा पनि चामल आउने सम्भाबना नरहेको वताए ।

चर्चामा

सम्बन्धित समाचार