मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका पालिका प्रमुख यसरी बर्षमा सेवा सुबिधा बुझ्छन्

बाजुराका पालिका प्रमुख यसरी बर्षमा सेवा सुबिधा बुझ्छन्

  • शनिबार, अशोज ९, २०७८
बाजुराका पालिका प्रमुख यसरी बर्षमा सेवा सुबिधा बुझ्छन्

बाजुरा — बाजुराका नगरपालिका प्रमुख र गाउँपालिका अध्यक्षहरुले फरक फरक सेवा सुबिधा लिएको पाईएको छ । नेपालको संबिधानको धारा २७७ मा गाउँ तथा नगर सभा सदस्यहरुले पाउने सेवा सुबिधाको सम्बन्धमा प्रदेश कानुनले तोकेको भए पनि बाजुराका नौ ओटै स्थानिय तहका अध्यक्ष तथा प्रमुखहरुको सेवा सुबिधाको खर्चमा एक रुपता नदेखिएको पाईको छ ।
प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६/२०७७ को लेखा परिक्षण प्रतिबेदनको आधारमा बाजुराका ४ नगर पालिका र ५ गाउँपालिकाका प्रमुखहरुको सेवा सुबिधामा एक रुपता नदेखीएको पाईको छ ।
बडिमालिका नगरपालिका
बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले बैठक भत्ता वाफत १२ हजार, टेलीफोन सेवा ८४ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ७८ हजार बुझेका छन् । त्यस्तै समन्वय तथा सहजीकरण १ लाख २० हजार, अतिथि सत्कार १ लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाई वाफत ४८ हजार र चाडपर्ब खर्च २७ हजार ५ सय लिएका छन भने यातायात खर्च भने लिएका छैनन । नगर प्रमुख बडुवालको जम्मा खर्च ४ लाख ८९ हजार ५ सय रुपैया लिएको देखीन्छ ।
त्रिबेणी नगरपालिका
त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले बैठक भत्ता वाफत १४ हजार ४ सय ५० रुपैया लिएका छन । टेलीफोन सेवा ६३ हजार, पुस्तक पत्रपत्रिका र इन्टरनेट ५८ हजार ५ सय, समन्वय तथा सहजीकरण ९० हजार, अतिथि सत्कार ९९ हजार, खानेपानी बिजुली तथा सरसफाई वाफत २६ हजार ५ सय र चाडपर्ब खर्च २७ हजार ५ सय लिएका छन भने यातायात खर्च भने लिएका छैनन । नगर प्रमुख रावलको जम्मा खर्च ३ लाख ८८ हजार ४ सय ५० रुपैया लिएको देखीन्छ ।
खप्तड छेडेदह गाउँपालिका
खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतको नाममा बैठक भत्ता १८ हजार, यातायात खर्च ९० हजार । टेलीफोन, मोबाइल खर्च ५४ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाई ३१ हजार ५ सय रुपैया रहेको पाइएको छ त्यसै गरी चाडपर्व खर्च २५ हजार गरि जम्मा ४ लाख ३४ हजार ४ सय ५० लिएको महालेखा परिक्षणको प्रतिबेदनमा उल्लेख गरिएको छ ।
हिमाली गाउँपालिका
हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लको नाममा बैठक भत्ता ३० हजार, यातायात खर्च भने लिएका छैनन । टेलीफोन, मोबाइल खर्च ४२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ३५ हजार, समन्वय तथा सहजीकरण ६३ हजार, अतिथि सत्कार ७० हजार, खानेपानी बिजुली तथा सरसफाई २४ हजार ५ सय र चाडपर्व खर्च २५ हजार गरि जम्मा २ लाख ८९ हजार ५ सय सेवा सुबिधा लिएको देखाएको छ ।
स्वामिकार्तिक खापर गाउँपालिका
स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरनजिबी शाहीको नाममा बैठक भत्ता ३७ हजार, यातायात खर्च ९० हजार । टेलीफोन, मोबाइल खर्च ५४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ४५ हजार, समन्वय तथा सहजीकरण ८१ हजार, अतिथि सत्कार ९० हजार, खानेपानी बिजुली तथा सरसफाई ३१ हजार ५ सय रुपैँया लिएको देखाएको छ भने चाडपर्व खर्च २५ हजार गरि जम्मा ४ लाख ३५ हजार ५ सय रुपैँया सेवा सुबिधा लिएको जनाएको छ ।
जगन्नाथ गाउँपालिका
जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीको नाममा बैठक भत्ता ३ हजार, यातायात खर्च भने लिएका छैनन् । टेलीफोन, मोबाइल खर्च ६ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ५ हजार, समन्वय तथा सहजीकरण ९ हजार, अतिथि सत्कार १० हजार, खानेपानी बिजुली तथा सरसफाई ३ हजार ५ सय १२ महिनाकाे थप ४ लाख ३८ हजार  र चाडपर्व खर्च २५ हजार गरि जम्मा ४ लाख ६३ हजार सेवा सुबिधा लिएको देखाएको छ ।
बुढिनन्दा नगरपालिका
बुढिनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीको नाममा बैठक भत्ता १५ हजार, यातायात भने लिएका छैनन । टेलीफोन, मोबाइल खर्च ८४ हजार, पुस्तक पत्रपत्रिका इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाई ४८ हजार र चाडपर्व खर्च २७ हजार ५ सय गरि जम्मा ४ लाख ८९ हजार ५ सय सेवा सुबिधा लिएको देखाएको छ ।
गौमुल गाउँपालिका
त्यसै गरी गौमुल गाउँपालिका अध्यक्ष हरि रोकायाको नाममा बैठक भत्ता २४ हजार, यातायात खर्चमा १ लाख २० हजार लिएका छन् । टेलीफोन, मोबाइल खर्च ७२ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ६० हजार, समन्वय तथा सहजीकरण १ लाख ८ हजार, अतिथि सत्कार १ लाख २० हजार, खानेपानी बिजुली तथा सरसफाई ४२ हजार र चाडपर्व खर्च २५ हजार गरि जम्मा ५ लाख ७१ हजार सेवा सुबिधा लिएको देखाएको छ ।
बुढिगंगा नगरपालिका
बुढिगंगा नगरपालिका प्रमुख दिपक बिक्रम शाहकोे नाममा बैठक भत्ता १ हजार २ सय , यातायात खर्चमा भने लिएका छैनन । टेलीफोन, मोबाइल खर्च ८४ हजार पुस्तक पत्रपत्रिका इन्टरनेट ७८ हजार, समन्वय तथा सहजीकरण १ लाख २० हजार, अतिथि सत्कार १ लाख ३२ हजार, खानेपानी बिजुली तथा सरसफाई ४८ हजार र चाडपर्व खर्च २७ हजार ५ सय गरि जम्मा ५ लाख १ हजार ५ सय सेवा सुबिधा लिएको देखाएको छ । बुढिगंगा नगरपालिकामा नगर उप प्रमुख भन्दा कम सेवा नगर प्रमुख शाहले लिएको महालेखा परिक्षकमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार