शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेमा १० टोली नेता छानिए, सुदूरपश्चिमबाट कर्ण थापा

एमालेमा १० टोली नेता छानिए, सुदूरपश्चिमबाट कर्ण थापा

  • शनिबार, अशोज ९, २०७८
एमालेमा १० टोली नेता छानिए, सुदूरपश्चिमबाट कर्ण थापा

नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ। शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो।

शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो। प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो। बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ। जसमा सुदूरपश्चिमबाट कर्ण थापा चयन भएका छन्।

समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिनेछन्। टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र रहेका छन्। एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ।

चर्चामा

सम्बन्धित समाचार