शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • सोमबार देखी बाजुरामा १८ बर्ष माथिकालाई कोराेनाको खोप लगाइदै

सोमबार देखी बाजुरामा १८ बर्ष माथिकालाई कोराेनाको खोप लगाइदै

  • आइतवार, अशोज १०, २०७८
सोमबार देखी बाजुरामा १८ बर्ष माथिकालाई कोराेनाको खोप लगाइदै

बाजुरा — बाजुरा जिल्लामा सोमबार देखी १८ बर्ष माथिका सबैलाई कोरोना बिरुद्धको खोप लगाउने भएको छ । असोज ११ देखी १४ गते सम्म १८ बर्ष माथिका सम्पुणर्लाई खोप लगाउने भएको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएको छ ।
जिल्लाभरीका ७० भन्दा बढी खोप केन्द्र बाट ४५ हजार ९ सय ९० लाई कोरोना बिरुद्धको खोप लगाउने स्वास्थ्य कार्यलयले जनाएको छ । ४४ हजार डोज भेरोसेल खोप जिल्लामा आएर खोपकेन्द्रमा पठाइसकेको कार्यलय प्रमुख पन्तले वताएका छन् । सोमबार बाट लगाउने खोपको सम्पुणर् तयारी भइसकेको उनले वताए । ११ देखी १४ गते सम्म १८ बर्ष माथिका ४५ हजार ९ सय ९० जनालाई खोप लगाउने लक्ष्य रहेको छ ।
जिल्लामा कोराना बिरुद्धको खोप पहिलो मात्रा ३४ हजार ७ सय ४१ ले लगाइसकेको छ भने पहिलो र दोस्रो मात्रा २७ हजार ५१ ले लगाएको छ । बाजुरामा १८ बर्ष माथिका ९९ हजार २० जनालाई खोप लगाउने लक्ष्य रहेको कार्यलयले जनाएको छ । सरकारले बाजुरा लगायत १० जिल्लामा १८ माथिका सम्पुणर्लाई खोप लगाउने अनुसार बाजुरामा खोप लगाउने भएका छन् ।
बर्षाले अबरोध पारेको साँफे मार्तडी सडक खण्डमा जोखिम मोलेर कोरोनो बिरुद्धको खोप ढुवानी गरेर खोप लगाइरहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
बर्खायामको अबिरल बर्षाका कारण सडक अबरोध भएकोले भौगालिक रुपले विकट बाजुरामा कोरोना बिरुद्धको खोप ढुवानीमा समस्या परेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । सडक खण्डको बल्धे क्षेत्रमा पहिरोको जोखिम मोलेर खोप ढुवानी भइरहेको छ ।
माथि बाट पहिरो खसिरहेको हुन्छ, तल बाट पनि पहिरो बगेको हुन्छ जोखिम मोलेर खोप ढुवानी गरिरहेको स्वास्थ्य कार्यलय बाजुराका सुचना अधिकारी महेश चन्दले वताए ।
कोरोना बिरुद्धको खोपको पर्खाईमा बसेका बाजुराबासीलाई खोप ढुवानीमा सडकका कारण निकै सास्ती भोग्नु परेको स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले बताए । बाजुरामा मन्त्रालयबाट उसै पनि कोरोना बिरुद्धको भ्याक्सीन एकदम कम दिने गरेको दिएको खोप सडकको समस्याका कारण ढुवानीमा पनि निकै समस्या हुने गरेको कार्यालय प्रमुख पन्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार