शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • गाउँघरमा एमबीबीएस डाक्टरबाट सेवा पाउँदा स्थानीय हर्षित

गाउँघरमा एमबीबीएस डाक्टरबाट सेवा पाउँदा स्थानीय हर्षित

बझाङको दुर्गम ठाउँमा एमबीबीएस डाक्टर रामलाल धामीले गरे निःशुल्क स्वास्थ्य चेकजाँच ,

  • शनिबार, अशोज ९, २०७८
गाउँघरमा एमबीबीएस डाक्टरबाट सेवा पाउँदा स्थानीय हर्षित

शिवजी मण्डेल — बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ मा एमबिबिएस डाक्टर रामलाल बहादुर धामीले निःशुल्क स्वास्थ्य चेकजाँच गर्नु भएको छ ।
गाउँपालिकाकै विकट वडा भनी चिनिएको गाउँघरमा कुनै पनि राम्रो डाक्टर नआउने र बिरामीले धेरै पैसा खर्च गरि सहर जानू पर्ने समस्यामा अलिकति भएपनि राहत पुग्छ भनेर निःशुल्क स्वास्थ्य चेकजाँच गर्नु भएको हो ।

डाक्टर धामी लामोसमयसम्मको फिलिपिन्समा एमबीबीएस बढाइ सकि अहिले आफ्नै जन्मभूमि गाउँघरमा आइ निःशुल्क स्वास्थ्य चेकजाँच गर्न थालेका छन् ।
उनी भन्छन् गाउँघरमा धेरै मान्छेहरू आर्थिक अभावका कारणले सहरमा गएर राम्रो डाक्टरलाई चेकजाँच गराउ नसक्नेहरूलाई आफूले यसरी गाउँघरमा स्वास्थ्य चेकजाँच गर्दा सानोप भएपनि राहत पुग्ने छ ।
डाक्टर धामीले साबिकको लेकगाउँ गाविस वडा नम्बर ३ ,४, ५, र ६ , र हालको छबिस पाथिभेरा गाउँपालिका ७ का बासिन्दाहरूलाई यहीँ असोज ६ गते बुधबार र ७ गते बिहीबार दुई दिन मजखोरीमा १०० जना भन्दा बढीको निःशुल्क स्वास्थ्य चेकजाँच गरि तपाईंलाई यस्तो रोग लागेको छ र यो रोगको औषधी खाए भने ठिक हुन्छ भनी सल्लाह दिएको बताउनुभयो ।

डाक्टर धामीले भने अझै पनि आफू कहाँ कोही बिरामीहरू चेकजाँच गराउने आए भने चेकजाँच गरिदिने छु । यो सेवा आफ्नो जन्मभूमि लागि गरेको हुँ , पहिला धेरै मान्छेहरूको उपचार नपाएर ज्यान जान्थ्यो , अब आफ्नो जन्मस्थलका मानिसहरूले अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आफूले निःशुल्क चेकजाँच गरेको बताए ।

ठूल्ठूला अस्पतालमा गई लाखौं रुपैयाँ खर्च गरि स्वास्थ्य चेकजाँच गराउनु पर्थ्यो यसरी आफ्नै गाउँघरमा निःशुल्क स्वास्थ्य चेकजाँच गराउन पाउँदा निकै खुसी लागेको छ एमबीबीएस डाक्टरको नाम मात्रै सुनेका थियौ अहिले आफ्नो ठाउँका मान्छे एमबीबीएस डाक्टर भएको देख्दा र सेवा पाउँदा आफूमा मात्र नभएर गाउँमै उज्यालो छाएको स्थानीयले भने ।

अर्का स्थानीय तथा मजखोरी माध्यामिक विद्यालयका शिक्षक कलक बहादुर मण्डेलले भने लाखौं पैसा खर्च गरि सहरका अस्पतालमा जाँदा पनि समयमै डाक्टर नभेटीने , अब भोलि आउँछन् भन्थे तर डाक्टर भेट्न मुस्किल हुन्थ्यो , अहिले गाउँमै यसरी निःशुल्क एमबीबीएस डाक्टरबाट स्वास्थ्य चेकजाँच गराउन पाउँदा आफू निकै हर्षित भएको छु । सँग शिक्षक मण्डेलले उहाँले यो महान कार्य गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे ।

डाक्टर धामी वि.स २०४८ साल १० महिना २९ गते बझाङ जिल्लाको दुर्गम ठाउँ साबिकको लेकगाउँ गाविस वडा नम्बर ४ तथा हालको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर ७ रमाइलो बस्ती नौरा गाउँ मा जन्मिएका हुन् ।
त्यसपछि डाक्टर धामीले गाउँ नजिकै रहेको मजखोरी माध्यमिक विद्यालयबाट कक्षा १० सम्मको शिक्षा हासिल गर्नुभयो । कक्षा १० अथवा S.L.C पास गरिसकेपछि डा: धामी राजधानी काठमाडौंमा रहेको एमएमआइएसटी (mmist ) कलेजमा एचए (HA) पढ्नु भयो । एचए (HA) पढाइ पास गरि सकेपछि डाक्टर धामी एमबीबीएस (MBBS ) पढ्नका लागि फिलिपिन्स जानुभएको थियोे ।
2014 मा फिलिपिन्स गएका डाक्टर धामी 2021 मा डक्टर अफ मेडिसिन बढाइ सकाएर अहिले आफ्नै जन्मभूमि नेपाल फर्कीएका छन् ।
डाक्टर धामीले नेपाल फर्केर यहीँ साउनमा नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स प्राप्त गरेको बताउनुभयो ।

चर्चामा

सम्बन्धित समाचार