बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश २
  • बौद्धिमाईमा जसपा नेपालको संगठन सुदृढीकरण अभियान

बौद्धिमाईमा जसपा नेपालको संगठन सुदृढीकरण अभियान

  • शनिबार, अशोज ९, २०७८
बौद्धिमाईमा जसपा नेपालको संगठन सुदृढीकरण अभियान

मेवालाल यादव —  रौतहटको बौद्धिमाई नगरपालिकामा जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। जनता समाजवादी पार्टी नेपाल,रौतहट बौद्धिमाई नगर कमिटिको आयोजनामा सम्पन्न कार्यक्रम बौद्धिमाई नगरपालिकाको वडा नम्बर ५ कोपवा बजारमा सम्पन्न भएको छ।

जसपा नेपाल बौद्धिमाई नपाको नगर कमिटी अध्यक्ष तथा बौद्धिमाई नपा वड़ा नं. ६ पिपरिया परोहाका वडा अध्यक्ष हृदय नारायण राय यादवको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रमको शुभारम्भमा मधेशको लागि बलिदानी दिएका ज्ञात-अज्ञात सहिदहरूकाे सम्झनामा एक मिनेटको मौन धारण गरिएको थियो । बौद्धिमाई नपाको नगर स्तरिय कार्यक्रम अन्तर्गत जसपाको यस सुज अभियान अभिमुखिकरण तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि जसपाको केन्द्रीय सदस्य तथा रौतहट क्षेत्र नं.२ विधानसभा ‘ख’ को विधायक माननीय रामकिशोर यादव उर्फ किशोरी यादवले पासमा बति बालेर कार्यक्रमकाे उदघाटन गर्नु भएको थियोे । कार्यक्रमको स्वागत मन्तव्य वडा नं. ५ कोपवा निवासी जसपाको युवा नेता लक्ष्मी प्रसाद यादवले गर्नु भएको थियो ।

जनता समाजवादी पार्टी नेपाल को संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण तथा पार्टी प्रवेश कार्यक्रमको यस अवसरमा बौद्धिमाई नपा अन्तर्गतका वडा नं १ देखी ९ सम्मका २ सय भन्दा बढी व्यक्तिहरुले नेकपा एमाले ,नेकपा माओवादी र नेपाली कांग्रेस पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा पार्टी प्रवेश गरेका छन।

पार्टी प्रवेशकै क्रममा बौद्धिमाई नपा अन्तर्गतका सरमुजवा निवासी नेपाल कम्युनिष्ट पार्टी माओवादी संगठनका युवा तथा लगनशील कर्मठ जुझारू नेता एवं बौद्धिमाई नपाको नगर कार्यपालिकाको लागि मनोनीत हुनुभएका कार्यपालिका सदस्य समेत रहेका दलित नेता काशीराम पासवानले नेकपा परित्याग गरी जसपामा पार्टी प्रवेश गरेका छन। जनता समाजवादी पार्टी नेपालमा पार्टी प्रवेश गरेका नवप्रवेशिकाहरूलाई प्रमुख अतिथि रामकिशोर यादव र बौद्धिमाई नगरपालिकाको नगर प्रमुख युवा मेयर राजीव रंजन यादवले टिका लगाई फूलमाला र दोसाला ओढाएर स्वागत गर्नुभएको छ। कार्यक्रममा नवप्रवेशिका काशीराम पासवानले पार्टी परित्याग गर्नुको मुख्य कारण आफूहरुले नेकपाका वरिष्ट नेता मान्नेहरुले सोझो बाटो नहिडेको र अर्काको भरमा मात्र राजनीति गरेको र अरुलाई बदनाम गराउनमा मात्र सक्रिय भूमिका खेलेको जस्ता विभिन्न नराम्रा पक्षहरुले आफ्नो चित्त नबुझेको कारण नेकपा पार्टी परित्याग गरिएको बताउनु भयो ।

साथै जसपाले मात्र समग्र मधेशी जनताले खोजेको संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सक्ने उहाँले बताउनु भयो । कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर प्रमुख राजीव रंजन यादवले नवप्रवेशिकाहरूलाई जसपामा प्रवेश गर्नुभएकोमा अग्रिम बधाई तथा शुभकामना दिदै संगठन सुदृढीकरण एवं जनजागरण (सुज) अभियान अभिमुखिकरण कार्यक्रम जनता समाजवादी पार्टीको केंद्रीय निर्देशन अनुसार मुख्य उद्देश्य पार्टिलाई जरादेखि नै बलियो बनाउनु , पार्टी संगठन सुदृढ गरी अगामी निर्वाचनमा जसपा पार्टिको केन्द्रसम्म बहुमत ल्याई सफल हुन र संघीयता,सुशासन, समृद्धि र समाजवाद ल्याउन सबै जसपाका नेता कार्यकर्ताहरुलाई अनुरोध गर्नु भएको थियो ।

कार्यक्रममा बौद्धिमाई नगरपालिकाको नगर उपप्रमुख प्रेमलता कुशवाहा, केन्द्रिय सदस्य विन्देश्वर यादव, केन्द्रीय सदस्य चुल्हाई राय यादव, विश्वनाथ पटेल,युवा नेता विवेक कुमार यादव, प्रदेश सदस्य एवं जिल्ला इन्चार्ज विधायक प्रत्यासी बृजकिशोर यादव, जनता समाजवादी पार्टी रौतहटका जिल्ला अध्यक्ष तथा देवाही गोनाही नगरपालिकाको नगर प्रमुख धर्मेन्द्र प्रसाद पटेल,बौद्धिमाई नपाको वड़ा नं १ देखी ९ सम्मका जसपाका वडा प्रत्यासीहरु,नपा भरिका नेता कार्यकर्ताहरू लगायत आम सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार