शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • अछामकी मिनाले भाँचिएको चश्मा रसिले बाधेर प्रयाेग गरेपछि…

अछामकी मिनाले भाँचिएको चश्मा रसिले बाधेर प्रयाेग गरेपछि…

  • सोमवार, अशोज ११, २०७८
अछामकी मिनाले भाँचिएको चश्मा रसिले बाधेर प्रयाेग गरेपछि…

अछाम–अछाममा एक महिलाले भाँचिएको चश्मा पनि डोरिले बाधेर प्रयोग गरिरहेकी छन् । मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोट बस्ने ३५ बर्षिय मिना शाहले भाच्चिएर एउटा आँखा भएको चश्मा रसिले बाधेर प्रयोग गरेकि छन् ।
६ महिना पहिला कैलालीको गेटा आँखा अस्पतालमा आँखा चेक गरेर चश्मा बनाएर अछाम आएकि थिईन् । घाँस काट्ने बेला खसेर चश्मा एक आँखा र एउटा तिरको फ्रेम भाँचिएको थियो । चश्मा नलगाए टाउँको दुख्ने आँखा देख्न नसक्ने मिनाको समस्या रहेको उनले वताईन् । चश्मा बिना उनलाई समस्या हुने भएपछि उनले भाँचिएको चश्मा पनि रसिले बाधेर प्रयोग गरेको वताईन् ।
चश्माको एउटै आँखा मात्र छ, त्यसैले रसिले बाधेर भएपनि एउटा आँखा बाट हेर्न सकिन्छ भनेर २ हप्ता देखी प्रयोग गरेको मिनाले बताईन् । नयाँ चश्मा बनाउनका लागि अछामको साँफेमा रहेको आँखा उपचार केन्द्रमा जानुपर्ने र पैसा व्यबस्थापन गर्न समय लाग्ने भएकाले जेनतेन गरेर भाँचिएको चश्मा प्रयोग गरिरहेको बताईन् ।
मिनाका श्रीमान हर्क शाह भारतमा नौकरी गर्न गएका छन् । कोरोनाले लकडाउन भएपछि परिवार पाल्न निकै समस्या परेका हर्क अहिले भारतमा छन् । २ हप्ता सम्म भाँचिएको चश्मा प्रयोग गरेकि मिना पैसा व्यबस्थापन गरेर आँखा उपचार केन्द्र साँफेमा पुगिन् । उनलाई साँफे जान आउन पनि १ हजार भन्दा बढी भाडा लाग्ने गरेको छ, अर्को नयाँ चश्मा बनाउनका लागि शुल्क समेत लाग्ने गरेको छ ।
गेटा आँखा अस्पताल अन्तर्गत आँखा उपचार केन्द्र साँफेकी इन्चार्ज रविना कुमारी मल्लले भनिन्, मिनाले आर्थिक अभाबकै कारणले भाँचिएको चश्मा रसिले बाधेर प्रयोग गरेको वताईन् । आर्थिक अभाबले चश्मा बनाउन नै नसक्ने धेरै आउने गरेका छन्, मिना त एउटा उदाहरण रहेको वताईन् ।

चर्चामा

सम्बन्धित समाचार