शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • काँग्रेसका युवा नेता गोपाल कार्कीले नगर सभापतिको उम्मेद्धारी दिने घाेषणा

काँग्रेसका युवा नेता गोपाल कार्कीले नगर सभापतिको उम्मेद्धारी दिने घाेषणा

  • शुक्रबार, अशोज ८, २०७८
काँग्रेसका युवा नेता गोपाल कार्कीले नगर सभापतिको उम्मेद्धारी दिने घाेषणा

बाजुरा — नेपाली काँग्रेसका युवा नेता गोपाल कार्कीले बडिमालिका नगरपालिकाको नगर सभापतिको उम्मेद्धवारी रहेको वताएका छन् । पाटि भित्रका शिर्ष नेताहरु सँग सल्लाह तथा सहकार्य अनुसार कार्कीले उम्मेद्धवारी घोषणा गरेको वताएका छन् ।
सहमति, सहकार्य एकताको लागि भन्दै १४ औँ महाधिवेशन तथा दोस्रो नगर काँग्रेस अधिवेशनमा आफ्नो नगरसभापतिमा उम्मेद्धवारी रहेको कार्कीले बडिमालिका खबर सँग बताएका छन् । आफु युवा देखि बृद्धा सम्म नेतृत्वका लागि नगरसभापतिमा उम्मेद्धारी रहेको बताए । नगरपालिकामा पाटि मजबुद्ध र संगठनलाइ चलामायन बनाउनका लागि आफु लाग्ने वताए ।
आफु पाटि भित्रको मतभेद न्युुनिकरण गरेर सबैलाइ एकजुट बनाएर पाटिलाई अझै बलियो बनाउन आफु लाग्ने वताए । नागरिकका हरेक समस्या र सवालमा पैरवी गरेर अघि बढने कार्कीले वताए । कार्की राजनितिक सँगै समाजसेवा समेत लागि परेका छन् । उनले बाजुरा उद्योग बाणिज्य संघ सचिब, सुदुर पश्चिम उद्योग बाणिज्य महासंघ सदस्य, सहकारी, बिद्यालय ब्यबस्थापन समिति लगायत समाजिक संस्थामा नेतृत्व गरिसकेका छन् ।
कार्की २०५५ साल अघि देखी नै बिद्यार्थी इकाइ संगठनमा काम गर्दै आएका थिए । २०५५ सालमा नेपाल बिद्यार्थी संघ जिल्ला अधिवेशन प्रतिनिधि भएका थिए । नेपाली काँग्रेस जुगाडा गाउँ कार्य समितिमाको ११ औँ गाउँ अधिवेशन जुगाडा कार्यसमिति सदस्य बनेका थिए । १२ औँ महाधिवेशन तथा गाउँ कार्य अधिवेशनबाट जुगाडा गाउँ कार्यसमिति सचिवमा निर्वाचित भएर काम गरेका थिए । १३ औँ महाधिवेशन तथा नेपाली काँग्रेस बडिमालिका नगरपालिका बाट जिल्ला अधिवेशन प्रतिनिधि छनोट भएका थिए । कार्कीले नेपाली काँग्रेस पहिलो नगर अधिबेशनमा सहमति सहकार्यका लागि नगर सचिव पद त्याग गरेर अर्कोलाई समर्थन गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार