कञ्चनपुरमा प्रहरी नायब निरीक्षक जुवाखालबाटै पक्राउ, निलम्बन गर्ने तयारी
कञ्चनपुर —कञ्चनपुरमा जुवा खालबाटै पक्राउ परेका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन्। भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापासहित आठ जना पक्राउ परेका हुन्। थापा, पारस भट्ट, […]