शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारसंग समिक्षा कार्यक्रम सम्पन्न

ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारसंग समिक्षा कार्यक्रम सम्पन्न

  • बिहिबार, मंसिर २१, २०८०
ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारसंग समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा —ग्रिन तारा नेपाल र गरिमा परियोजनाको पत्रकारहरुसंग समिक्षा कार्यक्रम सम्पन्न भएको हो छ । बुधबार सदरमुकाम मार्तडीमा दुई बर्षको अवधीमा भए गरेका मुख्य उपलब्धि तथा प्रगतिका बारेमा पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको हो ।

सन् २०२२ मा लागु भएको ग्रिन तारा नेपालले दुई बर्षको अवधिमा काम तथा प्रगति प्रस्तत तथा सुझाव सल्लाहको अपेक्षाका लागि जिल्ला स्थित पत्रकारहरुसंग समिक्षा कार्यक्रम गरेको जनाएको छ । उक्त परियोजना बाजुराको खप्तड छेडेदह गाउँपालिकामा लागु रहेको ग्रिन तारा नेपालकी फिल्ड कोडिनेटर कविता थापाले बताएकी छन । गाउँपालिकाका ७ वटै वडामा उक्त परियोजनाले स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम गरिरहेको थापाले बताइन् ।

गाउँपालिकाको अन्य वडाको तुलनामा ३ र ६ वडामा स्वास्थ्य सेवाको पहुचँमा समस्या रहेको भन्दै सो परियोजनाले ति दुई वडालाई प्रमुख प्रथामिकतामा राखेर काम गरिरहेको उनले पत्रकारसंगको समिक्षा कार्यक्रममा बताइन् । ति वडाहरुमा महिला तथा पुरुष समूह गठन तथा पालिकाका ९ वटंै माध्यामिक विद्यालयमा छात्रछात्रा समूह गठन गरिएको बताइन् ।

त्यसै गरि गाउँपालिकाको डोगडी स्वास्थ्य चौकीमा खानेपानीको व्यवस्था, नाइना, पुडावाला लगायतका स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर मर्मत गरिएको छ भने चगचब िगतिचब कयगलम मेसिन पनि गाउँपालिकालाई हस्तान्तरण गरेको थापाले बताएकी छन ।

गाउँपालिकाका स्वास्थ्य संस्थाहरुम डेलिभरी गर्ने पनि समस्या भएकाले उक्त परियोजनामार्फत गत बर्ष मात्रै १२ वटा डेलिभरी गरिएको बताइन् ।त्यस्तै संस्थामार्फत यस अघि पटकपटक आएका भुकम्पबाट पिडित परिवारलाई त्रिपाल लगायतका सामग्री वितरण गरिएको फिल्ड कोडिनेटर थापाले बताइन् ।

त्यस्तै गरिमा परियोजनाले पनि सो गाउँपालिकामा स्वास्थ्यसंगै शिक्षाका क्षेत्रमा विभिन्न कार्यक्रम गरिरहेको परियोजना संयोजक कविता थापाले बताएकि छन । उक्त परियोजना बाजुराको खप्तड छेडेदह र बझाङको खप्तड छान्ना गाउँपालिकामा लागु छ । उक्त परियोजनामार्फत खप्तड छेडेदहका ९ वटै माध्यमिक विद्यालयमा रहेर विभिन्न कार्यक्रम गरिएको समिक्षा कार्यक्रममा थापाले बताइन् ।

उक्त गरिमा परियोजनाले समाजको छाउपडी प्रथाको अन्त्य गरि भेदभाव रहित समाज निर्माण गर्ने उदेश्य राखेको छ । परियोजनाले सरसफाई तथा महिनावारी स्वच्छता व्यवस्थापन, जाल्पा, दशरथ, मालिका तथा मष्टेश्वरी माविमा शौचालय मर्मत र सरस्वती माविमा हृवाइट बोर्ड सहयोग गरेको जनाएको छ । त्यसै गरि विद्यालय व्यावस्थापन समिति र शिक्षकलाई महिनाबारी स्वच्छता, बाल संरक्षण तथा लैंगिक समता सम्बन्धी अभिमुखीकरण,आमा समूह, स्वास्थ्यकर्मीलाई तालिम लगायतका कार्य गरिरहेको समिक्षा कार्यक्रममा थापाले बताइन् ।

यस परयोजनामार्फत विद्यालयको सरसफाई, चेतना अभिवृद्धि, बालबालिकाको नेतृत्व विकास लगायतका गतिविधि सञ्चालन भइरहेका परियोजना संयोजक थापाले बताइन् ।

पत्रकारसंग समिक्षा कार्यक्रममा पत्रकार महासंघ बाजुराका अध्यक्ष छक्क मल्ल, उपाध्यक्ष पदम बहादुर सिंह, संगिता तिमिसिना तथा महासंघका पुर्व अध्यक्ष प्रकाश सिंह, प्रेस चाैतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण अाेली लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार