शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगर स्तरिय युवा सञ्जाल गठन, अध्यक्षमा सन्तोष विक र सचिवमा बिरेन्द्र रावल

बडिमालिका नगर स्तरिय युवा सञ्जाल गठन, अध्यक्षमा सन्तोष विक र सचिवमा बिरेन्द्र रावल

  • शुक्रबार, मंसिर २२, २०८०
बडिमालिका नगर स्तरिय युवा सञ्जाल गठन, अध्यक्षमा सन्तोष विक र सचिवमा बिरेन्द्र रावल

बाजुरा —बाजुरा सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिका स्तरिय युवा सञ्जाल गठन गरिएको छ । नगरपालिकामा बिहिवारबाट सुरु भएकोे विकासका लागि युवा सम्मेलन कार्यक्रममा मार्फत आज युवा सञ्जाल गठन गरिएको हो ।

हिजो नगरपालिकामा विकासका लागि युवा सम्मलेन कार्यक्रमको उद्धाटन गरिएको थियो भने आज बन्दसत्रबाट युवा सञ्जाल गठन गरिएको नगरपालिकाले जनाएको छ । उक्त नगर स्तरिय युवा सञ्जाल १३ सदस्यीय कमिटि गठन गरिएको शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले जानकारी दिएका छन ।

जसमा युवा सञ्जालको अध्यक्षमा सन्तोष विक चयन भएका छन । त्यस्तै उपाध्यक्षमा सुनिता बोहरा, सचिवमा बिरेन्द्र रावल, सहसचिवमा सन्दीप बम र सुनिता जैसी चयन भएका छन ।

त्यसै गरि कोषाध्यक्षमा सागर विक र सदस्यमा ईश्वरा ऐडी, सरस्वती कार्की, जनकराज उपाध्यक्ष, कल्पना विक, दिपकराज जैशी र अमर खड्का चयन भएका छन ।

उक्त नगर स्तरिय युवा सञ्जालको नव गठित नेतृत्वलाई सहभागी अथितिबाट टिका लगाएर बधाई ज्ञापन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार