मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

१३ हजार बढिकाे परिचय पत्र प्रशासनमा पुग्याे

  • बुधबार, मंसिर २०, २०८०
बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु

बाजुरा —बाजुरामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्य सुरु गरिएकाे छ । बुधबारबाट जिल्ला प्रशासन कार्यालय बाजुराले अनलाईन मार्फत फारम भरेका नागरिकहरुलाई छापिएर आएका राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरेको हो ।

२०७७ सालमा जिल्ला प्रशासन कार्यालयबाटै अनलाइन मार्फत फारम भरेका नागरिकहरूलाई ३ वर्षपछि छापिएर आएको राष्ट्रिय परिचय पत्र वितरण गर्न सूरु गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

आज प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले अनलाईन मार्फत फाराम भरेका गौमुल गाउँपालिकाका कलक धामीलाई राष्ट्रिय परिचय पत्र प्रदान गरेर वितरण कार्यको सूरुवात गरेका छन ।

अनलाइन मार्फत फारम भरेका ३४ हजार मध्ये १३ हजार ५ सय जनाको राष्ट्रिय परिचय पत्र छापिएर आएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएकाे छ ।

राष्ट्रिय परिचय पत्रका लागि तिन बर्ष फर्म परेकाे र अहिले जिल्लाबाटै लिन पाउँदा याँहाका नागरिकहरु खुसी भएका छन । अनलाइन मार्फत परिचय पत्रका लागि फाराम भरेकाहरुलाई प्रशासनमा आएर आफ्नो परिचय पत्र लिन जिल्ला प्रशासन कार्यालय बाजुराले आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार