मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • सशस्त्र प्रहरीद्धारा मालिका माविमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सशस्त्र प्रहरीद्धारा मालिका माविमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम

  • मङ्लबार, मंसिर १९, २०८०
सशस्त्र प्रहरीद्धारा मालिका माविमा लागु औषध  दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम

बाजुरा– सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीस्थित मालिका माविमा लागु औषध दुर्व्यसन सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार सशस्त्र प्रहरी बल बाजुराको आयोजनामा मालिका माविका कक्षा १२ मा अध्ययनरत एक सयबढि बिद्याथीहरुलाई सहभागी गराएर लागु औषध दुर्व्यसन भनेको के हो, यसका कारण, यसले गर्ने हानी नोक्सानी तथा कानुनी सजायका बारेमा सचेतनामुलक कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा लागु औषध दुर्व्यसनमा किशोरावस्थाका छात्रछात्राहरु नै बढि संलग्न हुने गरेको देखिएकाले बिद्यालयमा पनि उक्त कार्यक्रम गरिएको सशस्त्र प्रहरी बल बाजुराले जनाएको छ । बालबालिकालाई लागु औषध बारे जानकारी गराउँदै सचेत गराई सभ्य समाज निर्माणमा मद्त पुगोस् भन्ने उदेश्यका साथ विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक गुल्मपति शंकरदत्त तिवारीले बताएका छन ।

कार्यक्रममा प्रशिक्षण दिदैं सशस्त्र प्रहरी नायव उपरीक्षक गुल्मपति तिवारीले लागु औषध दुर्व्यसनमा संलग्न हुनुको प्रमुख कारण भनेको पारिवारीक वातावरण र साथीसंगको संगतले देखासीकी रहेको बताएका छन । त्यस्तै आमाबुवा र शिक्षकको नियमित सुपरिवेक्षणमा कमि, पारिवारीक तनाव, अज्ञानता र नागरिक समाजको निुस्कृयता लगायतका कारणले लागु औषधमा बालबालिका तथा युवायुवती फस्ने गरेको देखिएको तिवारीले बताए ।

त्यसै गरि सहभागी बिद्यार्थीलाई आफूले सिकेको ज्ञान आफैले पनि लागु गर्ने र घर परिवारमा पनि सचेतना फैलाउन सुझाव दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार