शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन कार्यक्रम

बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन कार्यक्रम

  • बिहिबार, मंसिर २१, २०८०
बडीमालिका नगरपालिकामा विकासका लागि युवा सम्मेलन कार्यक्रम

बाजुरा — बाजुराकाे सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले विकासका लागि युवा सम्मेलन (२०८०) कार्यक्रम सञ्चालन गरेकाे छ । बडीमालिका नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा युवा सम्मेलन संचालन गरिएको हो ।

नगरपालिकाका ९ वटै वडा भित्रका युवाहरूको सहभागितामा उक्त सम्मेलन आजबाट बडीमालिका नगरपालिकाको हलमा संचालन गरिएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रंगमल विकले बताएका छन ।

उक्त युवा सम्मेलनले नगर स्तरीय युवा संजाल समेत गठन शाखा प्रमुख विकले बताए । नगरपालिकामा रहेकाे युवा सञ्जाल केन्द्र सञ्चालन तथा नगरपालिकाले गर्ने विभिन्न गतिविधिका साथै साे सम्मेलनमार्फत नै युवा सञ्जाल गठन गरिने नगरपालिकाले जनाएकाे छ ।

विकासका हरेक गतिविधिमा युवाहरुकाे महत्वपूर्ण भूमिका रहने तथा आजका युवा भाेलिका कर्णधार भएकाले युवा सञ्जालमार्फत नगरपालिकाका युवाहरुलाई नेतृत्वमा ल्याउनु पर्ने कार्यक्रमा बाेल्ने वक्ताहरुले बताएका थिए । आजका युवाहरु देश विकासका हतियार भएकाले युवा सञ्जालमा आउने नेतृत्वले नगरकाे विकास तथा समाजका विकृतिहरुलाइ उन्मुलन गर्ने जस्ता क्रियाकलापमा सक्रियताका साथ लाग्नु पर्ने उनीहरुकाे भनाइ रहेकाे थियाे ।

दुई दिनसम्म संचालन हुने युवा सम्मेलन कार्यक्रमकाे आज उद्धाटन गरिएकाे छ भने भाेलि बिहान ८ बजेबाट नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने बताइएकाे छ । उक्त युवा सम्मेलन कार्यक्रमकाे उद्धाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज लाल बहादुर थापाले गरेका छन ।

बडीमालिका नगरपालिका नगरप्रमुख अमर बहादुर खड्काको अध्यक्षतामा सुरू भएकाे कार्यक्रमको संचालन शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रंगमल विकले गरेका छन ।

कार्यक्रममा एमालेका नेता काँशी विक, फियान नेपालका केन्द्रिय सचिव मदनराज जैशी, प्रेस चाैतारीका केन्द्रिय सदस्य बसन्त विश्वकर्मा, वडा न‌ः २ का अध्यक्ष डम्वर महत, ७ का अध्यक्ष धर्मराज पाध्याय, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का अध्यक्ष सुर्य किरण विक, कार्यपालिका सदस्य राजेश पायल विक, पत्रकार लगायत ९ वटै वडाका करिव ५० बढी युवाको सहभागिता रहेको थियाे ।

चर्चामा

सम्बन्धित समाचार