बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • समाज
  • प्रभु बैंक बाजुराद्धारा महिला सुरक्षित आवास गृहलाई न्यानो कपडा सहयोग

प्रभु बैंक बाजुराद्धारा महिला सुरक्षित आवास गृहलाई न्यानो कपडा सहयोग

  • बिहिबार, मंसिर २१, २०८०
प्रभु बैंक बाजुराद्धारा महिला सुरक्षित आवास गृहलाई न्यानो कपडा सहयोग

बाजुरा —प्रभु बैंक बाजुरा शाखाले महिला सुरक्षित आवास गृहलाई न्यानो कपडा सहयोग गरेको छ । १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा प्रभु बैंकको सामाजिक उत्तरदायित्व अन्र्तगत बाजुरामा रहेको महिला सुरक्षित आवास गृहलाई न्यानो कपडा सहयोग गरेको हो ।

बिहिवार बडिमालिका नगरपालिकामा एक औपचारिक कार्यक्रमकाबिच लैंगिक हिंसा प्रभावित महिलाहरु तथा बालबालिकाहरुलाई जाडोको समयमा केहि सहयोग पुगोस् भन्ने उदेश्यले आवास गृहलाई ३० थान जगेट सहित कपडा सहयोग गरिएको प्रभु बैंक बाजुरा शाखाले जनाएको छ ।

उक्त आवास गृहलाई २० थान ठुलो साइज र १० थान सानो साइज गरेर ३० थान जगेट सहयोग गरेको प्रभु बैंक बाजुरा शाखाका प्रबन्धक जिवन सिंहले बताएका छन । पहिलो चरणमा उक्त आवास गृहलाई सानो सहयोग भएपनि आगामी दिनमा बैंकले विभिन्न सहयोग गरि रहने प्रबन्धक सिंहले बताए ।

प्रभु बैंकले बाजुरामा लैङिगक हिसाबाट पिडित बनेका महिलाहरुको अवस्थालाई मध्येनजर गरेर न्यानो कपडा सहयोग गरेकोमा कार्यक्रमका अध्यक्ष नगरप्रमुख अमर खड्काले बैंकलाई धन्यवाद दिएका थिए

पछिल्लो समयमा प्रभु बैंक बाजुरा शाखाले बाजुराका विभिन्न गाउँ तथा बिद्यालयमा गएर वित्तिय साक्षरता सम्बन्धी जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरि रहेको छ । बडिमालिका नगरपालिकाको समन्वय र महिला अधिकार मञ्च बाजुराको सहकार्यमा कार्यक्रम सञ्चालन भएको थियो ।

बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काको अध्यक्षतामा सुरु भएको कार्यक्रममा अथिति प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा, नगर प्रवक्ता धर्मराज पाध्याय, वडा नंः २ का अध्यक्ष डम्मर महत, ८ का अध्यक्ष चन्द्रबहादुर थापा, ९ का वडा अध्यक्ष सुर्यकिरण विक, युएनएफपिएका जिल्ला संयोजक आत्मराम न्याैपाने, प्रभु बैंक बाजुराका प्रबन्धक जिवन सिंह, सहायक प्रबन्धक मेगराज शाही, अन्य कर्मचारी, महिला सुरक्षित आवास गृहका कर्मचारी, महिला अधिकार मञ्च बाजुराका कर्मचारी लगायत पत्रकारहरु रहेका थिए ।

कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले गरेकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार