मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिकाका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोजन्य परिकार समावेश

बडिमालिकाका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोजन्य परिकार समावेश

  • बुधबार, मंसिर २०, २०८०
बडिमालिकाका सामुदायिक विद्यालयमा दिवा खाजामा कोदोजन्य परिकार समावेश

बाजुरा —बाजुराको सदरमुकाम मार्तडीस्थित बडिमालिका नगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा दिवा खाजामा हप्ताको एक दिन कोदोजन्य परिकार समावेश गरिएको छ ।

मंगलबार नगरपालिकामा अन्तराष्ट्रिय कोदोजन्य बाली बर्ष- २०२३ को अवसर आयोजित अन्तरक्रिया कार्यक्रममा नगरका सबै विद्यालयमा दिवा खाजासंगै हप्तमा एक दिन कोदोबाट बनेका परिकार खुवाइने निति लिएको नगर प्रमुख अमर बहादुर खड्काले बताए । नेपाल सरकारले सुरु गरेको दिवा खाजामा नगरपालिकाले रैथाने बालीको संरक्षण तथा बालबालिकाको स्वास्थ्यमा समेत फाइदा गर्ने भएकाले हप्ताको एक दिन कोदोबाट बनेको परिकार खुवाइने नगरपालिकाले जनाएको छ । त्यसअनुसार नगरपालिकामा रहेका २५ वटै सामुदायिक विद्यालयमा याे कार्यक्रम लागु हुने भएकाे बताइएकाे छ ।

बडिमालिका नगर कृषि विकास शाखाको आयोजना र गिफ्ट नेपाल, विश्व खाद्य कार्यक्रम लगायतका संस्थाहरुके सहयोगमा सामुदायिक विद्यालयमा कोदो जन्य बालीलाई दिवा खाजा परिकारमा उपयोग सम्बन्धी विभिन्न सरोकारवाला निकायसंग नगरस्तरिय १ दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

दिवा खाजाले गरेको फाइदा र त्यसमा रहेका चुनौति र खाजामा कोदो जन्य परिकार समावेशलाई कसरी सहज रुपमा व्यवस्थित गर्ने लगायतका विषयमा कार्यक्रममा छलफल गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक, दिवा खाजाका कर्मचारी, स्थानिय कृषकहरुले दिवा खाजालाई व्यवस्थित र त्यसमा कोदो जन्य परिकार समावेशका बिषयमा चुनौति तथा सुझाव दिएका थिए ।

दिवाखाजामा स्थानिय स्तरमा पाइने आर्गनिक तरकारीसंगै कोदोजन्य परिकारले बालबालिकाको स्वास्थ्य र मानसिक रुपमा फाइदा हुनुका साथै विद्यालयमा बिद्यार्थीको आर्कषकले सहभागीता पनि बढ्ने कार्यक्रममा सहभागी विद्यालयका शिक्षकहरुले बताएका छन ।

नेपाल सरकारले सुरु गरेको दिवा खाजामा गिफ्ट नेपालको समन्वय, विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा यस आर्थिक बर्षबाट खाजामा स्थानिय स्तरमा पाइने तरकारीलाई समावेश गरेको थियो । यसमा बडिमालिका नगरपालिकाले पनि थप सो दिवा खाजामा कोदोजन्य परिकार पनि खावाइने कार्यक्रम अघि सारेको नगर उपप्रमुख नन्दा थापाले बताएकी छन ।

नगरका सम्पूणर् बिद्यालयमा नगरपालिकाले दिवा खाजा कार्यक्रमको अनुमगन गरिरहेको र त्यस सम्बन्धी समस्या भए नगरपालिकालाई सुनाउन शिक्षक लगायत कर्मचारीलाई नगर प्रमुख अमर खड्काले बताए । स्थानिय स्तरमा पाइने तरकारीसंगै दिवा खाजामा कोदोजन्य परिकारलाई बालबालिकालाई थप फाइदा पुग्ने नगर प्रमुख खड्काले बताएका छन ।

कार्यक्रममा प्रमुख अथिति नगरप्रमुख अमर खड्का, अथितिमा उप प्रमुख नन्दा थापा, प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटा, नगरपालिकाका कर्मचारी, नौ वटै वडाका वडा अध्यक्ष, मालिका माविका प्रधानाध्यापक शुभराज तिमिल्सिना, नगरभित्रका विद्यालय विव्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, स्थानिय कृषक, कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मिनप्रसाद जैशी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार