मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रहरी कार्यालयमा क्युआर कोड उद्धाटन, अबदेखि क्युआरबाटै गुनासो राख्न सकिने

बाजुरा प्रहरी कार्यालयमा क्युआर कोड उद्धाटन, अबदेखि क्युआरबाटै गुनासो राख्न सकिने

  • बिहिबार, मंसिर २१, २०८०
बाजुरा प्रहरी कार्यालयमा क्युआर कोड उद्धाटन, अबदेखि क्युआरबाटै गुनासो राख्न सकिने

टेक बहादुर बुढा ,बाजुरा —जिल्ला प्रहरी कार्यालय बाजुरामा प्रविधिमैत्री सेवा क्युआर कोड उद्धाटन गरिएको छ ।

बुधबार प्रहरी कार्यालयले आफ्नो सेवा सुविधालाई छिटो छरितो, व्यवस्थित तथा प्रभावकारी बनाउन क्युआर कोड सेवा प्रयोगमा ल्याएको हो । उक्त सेवा प्रयोगमा आएसंगै प्रहरी सेवा थप आधुनिकिकरण हुने र नागरिकका गुनासा तथा सुझाव सल्लाह तत्काल सम्बोधनमा सहयोग पुग्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस सेवाले कार्यालयको सेवा छिटो छरितो हुनुका साथै नागरिकका गुनासा, रचनात्मक सुझाव सहजै सुनुवाई हुनुका साथै शान्ति सुरक्षामा समेत सहयोग पुग्ने बाजुरा प्रहरी प्रमुख कविन्द्रसिंह बोहोराले बताएका छन ।

उनले भने अबदेखि नागरिकलाई आफ्ना सुझाव, गुनासा, उजुरी वा निवेदन दिन कार्यालय पुग्नु पर्ने बाध्यता टरेको छ । उक्त क्युआर कोड प्रहरी कार्यालयको मुल गेटमा राखिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छन ।

चर्चामा

सम्बन्धित समाचार