मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • हिमाली
  • चौधरीको सरुवापछि हिमालीमा प्रशासकिय अधिकृतको रुपमा राज भण्डारी

चौधरीको सरुवापछि हिमालीमा प्रशासकिय अधिकृतको रुपमा राज भण्डारी

  • आइतवार, मंसिर १७, २०८०
चौधरीको सरुवापछि हिमालीमा प्रशासकिय अधिकृतको रुपमा राज भण्डारी

बाजुरा —बाजुराको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनकलाल चौधरीको सुरुवा भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको परिपत्रअनुसार चौधरीको सरुवा भएको हो ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाएपछि भदौ १८ गते देखि चौधरी हिमाली गाउँपालिकामा हाजिर भएर कामकाज गर्दै आएका थिए । चौधरीको सुरुवापछि उनलाई आइतबार गाउँपालिकाले सम्मान सहित बिदाई गरेको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै चौधरीको सरुवापछि गाउँपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृतको रुपमा पुन राज बहादुर भण्डारी दोहोरिएका छन । विगत दुई बर्षदेखि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतमा रहेका भण्डारी भदौमा जनकलाल चौधरी आएपछि सूचना अधिकारी पदमा गएका थिए ।

तर चार महिनामै प्रमुख चौधरीको सरुवापछि भण्डारीलाई पुनः निमित्त प्रमुखको जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृतमा आएका भण्डारीलाई गाउँपालिकाले स्वागत गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार