सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकी पानसराले तेस्रो पटक पनि बाटोमै छोरीको जन्म दिइन्

बाजुराकी पानसराले तेस्रो पटक पनि बाटोमै छोरीको जन्म दिइन्

बाटोमा बच्चा जन्माउदै बाजुराका आमा

  • बुधबार, मंसिर २०, २०८०
बाजुराकी पानसराले तेस्रो पटक पनि बाटोमै छोरीको जन्म दिइन्

टेक बहादुर बुढा, बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिका ४ कुरु बस्ने ३१ बर्षिय पानसरा रोकायाले तेस्रो सन्तानका रुपमा बाटोमै छोरीको जन्म दिइन् । यो भन्दा पहिलाका दुइवटा सन्तान पनि काम गर्ने गएको बेला बाटो र जंगलमा बच्चा जन्माएकि थिईन् ।

सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले वताएकी छन् । धर्माले भनिन्, आफु स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि उनलाइ सहयोग गरेको वताईन् ।

पानसरालाइ अत्याधिक रक्तस्राव भएको थियो । बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको धर्माले वताईन् । उनीसँग अरु कोही आफन्त नरहेको एक्लै स्वास्थ्य चौकी आउदै गर्दा बाटोमा बच्चा जन्माएको स्वास्थ्यकर्मीले वताएका छन् । उनको यो भन्दा पहिला एक छोरा र एक छोरी रहेका थिए । पानसराले तिनै सन्तान बाटोमै जन्माएकि छन् ।

बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन् । केही महिना पहिला काँडा निवासी ३२ वर्षिय उज्जलीले सुनार बाटोमै छोरी जन्माएकि छन् । बाजुराको गौमुल गाउँपालिका ३ माँझपालि बस्ने २१ बर्षिय भाँग्य चदारा बाटोमा बच्चा जन्माएकि थिइन् । त्यस्तै हिमाली गाउँपालिका १ को बामु बस्ने नानी रोकायाले बाटोमै बच्चा जन्माईन् । सुत्केरी ब्यथा लागेपछी ३ घण्टा टाढा रहेको बामु आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लग्दै गर्दा बाटामै बच्चा जन्माईन् ।

स्वास्थ्य संस्था टाढा भएकाले लिदै गर्दा उनले बाटोमा बच्चा जन्माउनु परेको हो । त्यस्तै हिमाली गाउँपालिका २ नातिखोला बस्ने २३ बर्षिय पार्वती बुढाले स्वास्थ्य चौकी आउने बेला बाटोमै बच्चा जन्माईन् । वडा नम्बर १ मा रहेको बिच्छयाँ स्वास्थ्य चौकीमा सुत्केरी सेवा लिन जाने बेला बिच बाटोमै पार्वतीले छोराको जन्म दिईन् ।

स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटकी ३५ बर्षिय कार्तिका बिकले केही समय पहिला बाटोमा बच्चा जन्माएकि छन् । सुत्केरी ब्यथा लाग्ने बित्तिकै आफन्तले स्वास्थ्य केन्द्रमा लिदै गर्दा ताहाडा खोला नजिकै बाटोमा छोरा जन्माएको स्थानिय बल बहादुर बिकले वताए ।
यी त केही उदाहरण हुन्, बाजुराको दुर्गम गाउँका आमाहरु बाटोमा र घरमा बच्चा जन्माउने संख्या निकै रहेको रुगिन चौकिमा कार्यरत विमला पाण्डेले वताईन् । बाजुरामा ४ बर्ष यता १२ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए ।

अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।

हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार