सुदूरपश्चिममा गौरा पर्व कहिले मनाउने भन्ने विषयमा ज्योतिषहरू नै विभाजित
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भदौ ७ मा गौरा पर्व पर्ने उल्लेख गरेको छ। तर, सुदूरपश्चिमका ज्योतिषीहरूले नेपाल पञ्चाङ्ग निर्णायक समितिको निर्णय भन्दा फरक मत राखेका छन्। भदौ ७ गते साउन शुक्ल पक्षको अष्टमी तिथि परेको, पुत्रदा एकादशी अर्थात् गौरे एकादशी र जनैपूर्णिमा पनि ७ गतेपछि परेकाले गौरा पर्व भाद्र कृष्णाष्टमी अर्थात् भदौ २१ गते मान्नुपर्ने […]