सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • देश
  • नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत, मन्त्री र उपसभामुख पाउने

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत, मन्त्री र उपसभामुख पाउने

  • मङ्लबार, साउन १६, २०८०
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम सरकारमा जान सहमत, मन्त्री र उपसभामुख पाउने

काठमाडौं — नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको बैठकपछि नाउपा सरकारमा सहभागी हुन तयार भएको हो ।

बैठकमा सहभागी नेता रेशमलाल चौधरीले कृषि मन्त्री, कृषी राज्यमन्त्री, उसभामुख र दुईवटा संसदीय समितिको सभापति पाउने सहमति भएकाले नाउपा सरकारमा सहभागी हुने बताए । उनले बुधबार नाउपाको संसदीय दलको बैठक बस्ने र सरकारमा सहभागी हुनेहरुको नामावली टुंगो लगाउने जानकारी दिए ।

यसअघि सोमबार पनि प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग छलफल गरेका थिए ।

यसअघि साउन ८ गते नै नाउपा सरकारमा सहभागी हुने तयारी थियो । तर मन्त्रालयमा भागबण्डा नमिलेपछि नाउपा सरकारमा सहभागी भएको थिएन । अनलाइन खबर

चर्चामा

सम्बन्धित समाचार