सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा

बाजुराको बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा

  • आइतवार, साउन ७, २०८०
बाजुराको बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा
बाजुरा–बाजुराको सर्वाधिक दुर्गम हिमाली गाउँपालिका बिच्छँयाका ५ सय ८४ परिवार अध्यारोमा बस्न बाध्य भएका छन् । साविकको बिच्छँया गाबिसमा रुपमा रहेको बिच्छँयामा २०७८ को जनगणना अनुसार ३ हजार ३ सय ७१ जना बासिन्दाको बसोबास रहेको छ । उनिहरुको झरोको साहारमा उज्यालो बालिरहेका छन् ।
लामो समय देखी बिजुली बाल्ने सपना भएपनि अझै बिजुली बाल्ने सपना पुरा नभएको स्थानिय धर्म बहादुर रोकायाले वताएका छन् । तिनबर्ष पहिला बिजुली बाल्न हौसिएका स्थानिय बासिन्दा एकाएक निराशामा परिणत भएका थिए । ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना मार्फत फिल्यान्ड सरकार र युरोपियन युनियन, गाँउपालिका र स्थानियको श्रवदानमा तिनबर्ष पहिला बिजुली बाल्ने प्रक्रियामा अगाडि बढाएको थियो । दुईबर्ष एकाएक ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्न सक्ने बताएपछि बिच्छँया बासिको बिजुली बाल्ने सपना अधुरै रहेको बिच्छँया खोला लघुजलबिद्युक्त बहुउद्देश्यरी सहकारी संस्थाका अध्यक्ष धर्म बहादुर रोकायाले वताएका छन् ।
बिजुली बाल्ने भएपछि स्थानिय बासिन्दा बिजुली बाल्न सक्रिय भएका थिए । गाँउलाई अन्धकारमुक्त बनाउनका लागि बिजुली बाल्न सक्रिय साथ लागेका थिए । तर अहिले ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजनाले काम नगर्ने भएपछि बिजुली बाल्ने सपना अधुरै रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् । अहिले गाउँपालिकाको सहकार्यमा कादुरी एग्रिकल्चरल एण्ड एसोसियन ब्रिटिस गोर्खाज् नेपाल संस्था सँग पहल भइरहेको छ, बिजुली बाल्न प्रयासमा लागिरहेको मल्लले वताए । 
बिच्छँया साविकको १ गाबिस हो । अहिले वडा नम्बर १, २ र ३ पर्ने गरेका छन् । बिच्छँयाका सबै बासिन्दाको अहिले पहिलो प्राथमिकता बिजुली बाल्न प्रयास रहेको छ । २०७७ मा गाँउमा बिजुली बाल्ने गरी १ सय किलोवाट बिधुक्त उत्पादन हुने गरि परियोजनाले काम शुरु गर्ने वताएको थियो । हिमाली गाँउपालिका १ बिच्छँया खोलामा बिजुली उत्पादन हुने योजना थियो । यो ठाँउ बाजुराको सदरमुकाम मार्तडी बाट तिन दिन भन्दा बढि समय लाग्ने ठाँउ हो । बर्षौ देखी झरोको साहारामा उज्यालो बाल्दै आएका छन् ।
बिच्छँया यातायात देखि पनि निकै टाढा परेको ठाउँ हो । यहाँका बिकास निर्माणका काममा धेरै पछाडि परेका छन् । उपचार अभाब, खाद्यन्न संकट लगायत समस्याले सधै पिरोलिरहेको छ । यहाँका बासिन्दा राज्यको सेवा बाट निकै बिमुख रहेका छन् । 

चर्चामा

सम्बन्धित समाचार