आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • साँफे–मार्तडी सडक खण्डको बल्धे क्षेत्रमा सेनाद्धारा अनुगमन

साँफे–मार्तडी सडक खण्डको बल्धे क्षेत्रमा सेनाद्धारा अनुगमन

  • बुधबार, साउन १७, २०८०
साँफे–मार्तडी सडक खण्डको बल्धे क्षेत्रमा सेनाद्धारा अनुगमन

बाजुरा — साँफे–मार्तडी सडक खण्डको बल्धे क्षेत्रमा नेपाली सेनाद्धारा अनुगमन गरिएको छ । पहिरोको उच्च जोखिममा रहेको उक्त सडकखण्डमा दुर्गाभञ्जन गुल्मका गुल्मपति सेनानी (मेजर) धर्मेन्द्र बहादुर सिंहको नेतृत्वको टोलिले अनुगमन तथा निरिक्षण गरेको हो ।

उक्त सडकखण्ड चारबर्ष देखि बर्षातमा बन्द हुदै आएको थियो । यो बर्ष भने यो समाचार तयार पार्दा सम्म सञ्चालनमा रहेको छ । सडक अनुगमन गरेर कुनै कारणबस सडक अबरुद्ध भएमा जुनसुकै बेला नेपाली सेना सडक खुलाउन जाने सेनाले वताएका छन । सदरमुकाम मार्तडी जोडने सडक खण्ड भएकाले सेनाले चासो लिएको छ ।

मेजर सिंहले बडीमालिका खबर सँग भने कुनै कारणबस सडक अवरुद्ध भएको अवस्थामा यथाशिघ्र सडक के कसरी खुलाउन सकिन्छ र सर्वसाधारण जनताहरुले भोग्नु पर्ने समस्याहरुलाई न्युनिकरण गर्न सकिन्छ भन्ने उद्देश्यले आफुले सडकको अनुगमन गरेको वताए ।

सडक अबरुद्ध भएमा सडक खुलाउनका लागि सेना तयारी अबस्थामा राखिने उनले वताएका छन् ।बर्षातको बेला हरेक जिल्लामा तैनाथ सैनिक टोली विपद् व्यवस्थापन तथा क्षति न्युनिकरणका लागि सधै सेनाले तयारी अवस्थामा राख्ने गरेको छ ।

बाजुराको सदरमुकाम मार्तडीमा रहेको दुर्गाभञ्जन गुल्म पनि सधै सैनिक टोली विपद् व्यवस्थापन तयारी अबस्थामा रहेको सेनाले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार