आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुराको कुवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

बाजुराको कुवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

  • बिहिबार, साउन १८, २०८०
बाजुराको कुवाडी अस्थायी डिपोमा चामल अभाब, हिमालीमा खाद्यन्न संकट

बाजुरा–बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको छ । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल असारमा सकिएकोले एक महिना देखी खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानिय धनलाल रोकायाले बताएका छन् ।

ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २, ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको छ । त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुुइ लगाएर कुवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन् ।

आर्थिक बर्षमा ०७९÷०८० मा कुवाडी डिपोमा ३५ सय कुन्टल रहेको थियो । कोटाको चामल असारको अन्तिममा सकिएपछि डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख मेखराज ओझाले वताएका छन् । एक महिना देखी चामल अभाब भएको स्वीकार गरेका छन् ।

०८०÷०८१ मा कुवाडी डिपोका लागि २५ सय कुन्टल कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको पाइएको छ । कुवाडी डिपोमा चामल भए मोटो चामल प्रतिकेजी ५२ मा उपभोक्ताले पाउने गरेका थिए । तर बजारमा त्यहि चामल प्रतिकेजी ८० रुपैयाँमा हालेर किन्नु परेको छ । बजारको पहुँच भएका खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेडका डिपो चामल प्रयाप्त छन्, भने दुर्गममा रहेका डिपो एकदाना पनि नरहेको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।

त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा नयाँ स्थापना भएको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा पनि चामल नभएको पालिकाले जनाएको छ । गत आर्थिक बर्षको ५ सय कुन्टल चामल जेठमै सकिएको थियो, यो आर्थिक बर्षको चामल ५ कुन्टल कोटा रहेको तर ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले वताएको छ ।

दुर्गमका डिपोमा चामल अभाब भइरहेका बेला बजारको पहुँच रहेका समदरमुकाम मार्तडी र कोल्टि डिपोमा चामल प्रायप्त रहेको छ । मार्तडीमा डिपोमा १२ सय कुन्टल, कोल्टि डिपोमा १२ सय २९ कुन्टल चामल मौजात रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ । यि डिपोमा बर्षातको समयमा चामल अभाब नहुने भएको शाखा प्रमुख ओझाले वताएका छन् ।

हिमाली गाउपालिका १ बिच्छँयाबाट चामल किन्न भनेर गाउँबाट २५ जना आएको तर चामल नपाएपछि बजारको महँगो चामल लगरे फिर्ता भएको स्थानिय अम्मलाल बुढथापाले वताए । दुुई दिन लगाएर कवाडी पुुग्यौ, चामल पाएनौ बजारको महँगो चामल किनेर लिने स्थानियले वताएका छन् । साबिकको बिच्छयाँ गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार