आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा अस्पतालमा गर्भवती तथा सुत्केरी आमाको भिडियो एक्सरे लगायतका सेवा निशुल्क

बाजुरा अस्पतालमा गर्भवती तथा सुत्केरी आमाको भिडियो एक्सरे लगायतका सेवा निशुल्क

  • सोमवार, साउन १५, २०८०
बाजुरा अस्पतालमा गर्भवती तथा सुत्केरी आमाको भिडियो एक्सरे लगायतका सेवा निशुल्क

बाजुरा — जिल्ला अस्पताल बाजुरामा सोमबहार देखि गर्भवती तथा सुत्केरी महिलाहरुको सम्पुर्ण चेकजाँच निशुल्क हुने भएको छ । भिडियो एक्सरे बाफत ४ सय लिदै गरेको अस्पतालले सोमबार देखि भने निशुल्क सेवा हुने सुचना अधिकारी नृपराज गिरीले वताएका छन् ।

नेपाल सरकारले गर्भवती तथा सुत्केरी महिलाले सरकारी स्वास्थ्य संस्थामा चेकजाँच तथा सेवा लिए बाफत सम्पुर्ण सेवा निशुल्क हुने व्यवस्था गरेको छ । तर पनि जिल्ला अस्पताल बाजुराले गर्भवती तथा सुत्केरी महिलाहरुले चेकजाँच, भिडियो एक्सरे, प्रयोगशालालगायत चेकजाँच गर्दा पैसाले लिने गरेको पाइएको थियो ।

उक्त विषयमा बडिमालिका खबरमा समाचार प्रकाशितपछि जिल्ला अस्पताल बाजुराले सेवा निशुल्क गर्ने अस्पतालका सूचना गिरीले बताएका छन । यो भन्दा पहिला आफुलाई कुनै जानकारी नभएको र गर्भवती तथा सुत्केरी महिलाहरुले चेकजाँच गराए बाफत पैसा लिने गरेको भएपनि अबदेखि निशुल्क हुने सूचना अधिकारी गिरीले बताए ।

उनले भने गर्भवती महिलाहरुलाई अस्पतालको निर्देशन अनुसार नियमित चेकजाँच, भिडियो एक्सरेलगायतका सेवा लिए निशुल्क हुनेछ तर अन्यथा जुनसुकेै समयमा पनि भिडियो एक्सरे, प्रयोगशाला चेकजाँच गराए नियमानुसार शुल्क लिने बताए ।

आमा तथा नवजात शिशु सुरक्षा कार्यक्रम निर्देशिका २०७८ को परिच्छेद २ र ३ मा भने सम्पुर्ण सेवा निशुल्क हुने भनिएको छ । तर पनि बाजुराका अधिकांश स्वास्थ्य संस्थाहरुले गर्भवती तथा सुत्केरी महिलाहरुले चेकजाँच गराए बाफत पैसा उठाउने गरेको पाइएको थियो ।

जिल्ला अस्पताल बाजुरा र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले एक पटक गर्भवती महिलाले भिडियो एक्सरे गरे बाफत ४ सय लिने गरेका थिए । जिल्ला अस्पताल बाजुराले उक्त सेवा निशुल्क गर्ने भनेपनि प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले भने अहिलेसम्म कुनै जानकारी गराएको छैन ।

चर्चामा

सम्बन्धित समाचार