सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • कुवाडि नदिमा हाम फालेर बेपत्ता महिलाको खोजीकार्य गदै नेपाली सेना

कुवाडि नदिमा हाम फालेर बेपत्ता महिलाको खोजीकार्य गदै नेपाली सेना

  • मङ्लबार, साउन ९, २०८०
कुवाडि नदिमा हाम फालेर बेपत्ता महिलाको खोजीकार्य गदै नेपाली सेना

बाजुरा–बाजुराको हिमाली गाउँपालिका ६ धिमकी नदिमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजीकार्यका लागि नेपाली सेनाको टोली खटिएको छ । धिम बस्ने महेश रावतकी श्रिमती १८ बर्षीया रचना बुढथापा बेपत्ता भएकी हुन् ।

दुर्गाभन्जन गुल्म अन्तर्गत तिथिचौर पोष्टबाट जामदार भिम बानियाँको नेतृत्वमा सेनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाका मेजर धमेन्द्र बहादुर सिंह वताएका छन् । बेपत्ता महिलाको खोजीकायका लागि किर्तिचौरबाट नेपाली सेनाको टोली हिमाली गाउँपालिका ५ स्थित कुवाडी नदिमा पुगेको हो ।

बाजुरा र हुम्ला जोड्ने कुवाडी नदिको झुलङ्गे पुलबाट हाम फालेर उनी बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार