आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराको विकासमा परिणाम आउने गरि काम हुन्छ – सहमहामन्त्री पाण्डे

बाजुराको विकासमा परिणाम आउने गरि काम हुन्छ – सहमहामन्त्री पाण्डे

  • बुधबार, साउन २४, २०८०
बाजुराको विकासमा परिणाम आउने गरि काम हुन्छ – सहमहामन्त्री पाण्डे

बाजुरा — नेपाली काँग्रेसका सहमहामन्त्री तथा सांसद बद्रि प्रसाद पाण्डेले बाजुराको विकासमा अब परिणाम आउने गरि काम हुने वताएका छन् ।

आफु चुनाव जितेपछि बाजुरामा संघ बाट सबैभन्दा बढी बजेट यो बर्ष आएको हो, अहिले धेरै काम गर्न सकिएको छैन्, अब बाजुराको विकासमा रेजेल्ट आउने गरि काम हुन्छ पाण्डेले थपे ।

प्रेस युनियन बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा सांसद पाण्डेले अहिले यो त्रैमासिक परिक्षा मात्र हो, अब फाइनल परिक्षा पछि मात्र परिणाम आउने वताएका छन् । देशकै अर्थतन्त्र नाजुक भएको बेला हाम्रो निरन्तर प्रयास र पहल बाट यो बर्ष बाजुरामा बजेट पहिलाको तुलनामा बढी ल्याएका छौ । हामिले योजना बनाउदा तथा माग गर्दा बास्तविकतामा आधारित गरेको उनले वताए ।

बाजुराका सबै समस्या एकैचोटि समाधान हुदैन्न, हामि लागिरहेका छौ, सबै मिलेर परिणाम दिने हो पाण्डेले भने । मिडियामा निराशा जगाउने मात्र नभइ सकारात्मक पक्षलाइ बाहिर ल्याउन पाण्डेले आग्रह गरेका छन् ।

बाजुराका सवालमा आफु लागि रहेको सेति लोकमार्गका बारेमा सरकार सँग तथा काँग्रेस पार्टि सभापति शेर बहादुर देउवा सँग पटक पटक कुरा गरेको उनले वताए । आफु सेति लोकमार्ग चाडो निर्माण हुनुपर्छ भन्नेमा निरन्तर लागेको छु, आफु मात्र नभइ अछाम बझाङ्गका सांसद सँग पनि छलफल गरिरहेको वताए ।

बाजुरामा यो बर्ष त्रिबेणी नगरपालिकामा सघन सहरि कार्यक्रम लागु गर्ने काम भएको पाण्डेले थपे । त्यस्तै कोल्टि बिच्छयाँ हुदै रानिसैन बाट हिल्सा सम्म सडक जोडनका लागि नितिमा राखेर यो पालि बजेट छुट्याउन शुरु गरेको वताए ।

साँफे मार्तडी सडकखण्डको बल्धेमा ड्राइभसनमा सडक बिभागलाइ भनेर काम शुरु गराउने काम भएको छ, त्यस्तै बाजुरामा बिद्युक्तका बारेमा बिद्युक्त प्राधिकरण सँग पटक पटक छलफल गरेका छौ, चाडै जिल्लानै उज्यालो जिल्लातिर बाजुरालाइ बनाउने पाण्डेले पत्रकार सम्मेलनमा बताएका छन् ।

साथै पाण्डेले पार्टि सृद्दिकरण गर्न अभियान अन्तर्गत बाजुराका ९ वटै पालिकामा काँग्रेसको छलफल रहेको वताए । पाटिलाइ बलियो बनाउन र आन्तरिक ब्यबस्थापनका लागि पालिकामा पुगेर काँग्रेस नेता कार्यकर्ता सँग छलफल गर्ने उनले वताए ।

पत्रकार सम्मेलनमा काँग्रेस केन्द्रिय सदस्य नृप वड, प्रदेश सांसद पदम बहादुर शाही, जुना दानी बाजुरा काँग्रेस सभापति रामसिं रावल लगायतको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार