सर्वोच्चको फैसलालगत्तै नेपालगन्जबाट रिगल पक्राउ
सर्वोच्च अदालतको फैसलालगत्तै योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । ढकाललाई नेपालगञ्जबाट पक्राउ गरिएको बाँकेका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा […]