आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका ४ मा एक सय बढिलाई लुगा वितरण

बडिमालिका ४ मा एक सय बढिलाई लुगा वितरण

  • मङ्लबार, कार्तिक १४, २०८०
बडिमालिका ४ मा एक सय बढिलाई लुगा वितरण

बाजुरा —बडिमालिका नगरपालिका ४ रिलाका करिब एक सयबढि जनालाई लुगा वितरण गरिएको छ । वडाका विपन्न तथा गरिब परिवारका बालबालिका लगायतलाई दशै तथा सुभ दिपावलीको अवसर पार्दै लुगा वितरण गरिएको हो ।

बडिमालिका फाउण्डेशन नेपालको समन्वय, Joining Hands For A Change नामक संस्थाको सहयोग र वडा कार्यालयको आयोजनामा बालबालिकाहरुलाई लुगा वितरण गरिएको वडा अध्यक्ष अर्जुन नाथले बताएका छन् । विपन्न तथा पछाडी परेका बर्गलाइ लुगा वितरण गरिएको अध्यक्षले वताएका छन् ।

सोमबार वडा कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच बालबालिकाहरुलाई लुगा वितरण गरिएको बताइएको छ । बडिमालिका फाउन्डेसन नेपालले बाजुरामा समस्या परेका बेला विपन्न परिवारलाइ सहयोग गर्दै आएको छ । भुकम्प पिडितलाई खाद्यन्न सामाग्रि पनि वितरण गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार