बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • खप्तड छेडेदह ७ मा असिनापानीबाट पिडित कृषकलाई गहुँको बीउ वितरण

खप्तड छेडेदह ७ मा असिनापानीबाट पिडित कृषकलाई गहुँको बीउ वितरण

  • सोमवार, कार्तिक १३, २०८०
खप्तड छेडेदह ७ मा असिनापानीबाट पिडित कृषकलाई गहुँको बीउ वितरण

बाजुरा —खप्तड छेडे्दह गाउँपालिका ७ मा असिना पानीबाट पिडित भएका कृषकहरुलाई गहुँको उन्नत बीउ वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको सहयोग र वडा कार्यालयको आयोजनामा पिडित कृषक परिवारहरुलाई गहुँको बीउ वितरण गरिएको हो ।

गत बैसाख २८ गते परेको असिनापानीले गहुँ बालीमा क्षेति गरेको भन्दै पिडित कृषकहरुलाई राहत स्वरुप गहुँको बीउ वितरण गरिएको वडा अध्यक्ष खगेन्द्र रावतले बताएका छन । वडामा असिनापानीबाट पिडित करिब ४ सय ५० कृषक परिवारलाई प्रति केजी १२ का दरले वितरण गरेको वडा अध्यक्ष रावतले बताए ।

त्यस्तै यसअघि कृषि ज्ञान केन्द्र बाजुराद्धारा सबै स्थानिय तहमा किसानलाई ५० प्रतिशत अनुदान र निशुल्क गरि ६ जातको गहुँको बिउ वितरण गरिसकेको छ । कृषि ज्ञान केन्द्र बाजुराले यस बर्ष प्रजनन् बिउ र उन्नत जातको गरि ६ जातका बिउँ कृषकहरुलाई उपलब्ध हुने गरी जिल्लाका सबै स्थानीय तहमा पठाई सकिएको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी तथा कृषि प्रसार अधिकृत मिन प्रसाद जैशीले बताएका छन् ।

यस बर्ष जिल्लामा  प्रजनन् बिउ र उन्नत जातको गहुँको बिउ गरी गरि ७५ कुईन्टल बिउ अनुदानमा ल्याएको छ। बिउ लैजान चाहने किसानले स्थानीय तहका कृषि शाखाबाटै पाउने गरी पठाइएकाे कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार