शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • स्वामिकार्तिक गाउँपालिकामा ५ सय कुइन्टल प्याज उत्पादन, बजारीकरणमा समस्या

स्वामिकार्तिक गाउँपालिकामा ५ सय कुइन्टल प्याज उत्पादन, बजारीकरणमा समस्या

  • आइतवार, कार्तिक १२, २०८०
स्वामिकार्तिक गाउँपालिकामा ५ सय कुइन्टल प्याज उत्पादन, बजारीकरणमा समस्या

बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादन भएको प्याजले बजार नपाउँदा कृषक चिन्तित बनेका छन् । वडा नम्बर १ बाहुनीका कृषकहरुले व्यावसायिक रूपमा प्याज खेती गरे पनि बजार नपाउँदा चिन्तित बनेका हुन् । परम्परागत खेती छाडेर प्याज उत्पादन गरेका स्थानीयले बिक्री नहुँदा घरमै कुहिन थालेको छ । गहुँ, मकै खेती छाडेर प्याज खेती गरेका स्थानियले यो वर्ष अनुमानित ५ सय क्विन्टल प्याज उत्पादन गरेका छन । भण्डारण भएको प्याजले बजार नपाएपछि दैनिक कुहिएर खेर जान थालेको उनीहरूको गुनासो छ ।
उत्पादन भएको प्याज दैनिकजसो कुहिएर खेर जान थाले पनि स्थानीय र प्रदेश सरकारबाट ढुवानीका लागि अनुदान पाएका छैन । ‘स्थानीयका घरगोठ प्याजले भरिएका छन् तर बजार पाइएको छैन’, वडा नम्बर १ बाहुनीका कालु विकले भने, ‘करिब ५ सय क्विन्टल प्याज खेर जाने अवस्थामा छ । गहुँ भन्दा प्याज दोब्बरले उत्पादन भए पनि बजार नहुँदा खेर जाने अवस्था आएको विकले सुनाए ।
कृषि ज्ञान केन्द्र बाजुराले बाहुनीलाई प्याज पकेट क्षेत्र घोषणा गरेपछि स्थानीय यो खेतीमा आकर्षित भएका थिए । केही वर्ष अगाडि आफूलाई तरकारी खान मात्र प्याज फलाउने गरेका स्थानीयले केही वर्षदेखी प्याज खेतीमा आर्कषीत भएका छन । उत्पादन राम्रो हुने भनेर कृषि ज्ञान केन्द्र बाजुराले स्थानीयलाई प्याज खेतीतर्फ आकर्षित गराए पनि अहिले बजारसम्म पुर्याउन समस्या भएको कृषकहरुले बताएका छन ।
उत्पादित प्याज ‘स्थानीय बजारमा खपत हुन गाह्रो भएपछि स्वामिकार्तिक गाउँपालिका र कृषि ज्ञान केन्द्रले ढुवानी गर्ने तयारी गरिरहेको स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरत रोकायाले बताएका छन । प्याज ढुवानीका लागि बजेट त छैन तर पनि कृषकहरुले उत्पादन गरेको साम्रगी ढुवानी गर्न गाउँपालिका लागिपरेको अध्यक्ष रोकायाले बताए ।
साप्पाटाको बाहुनी, काम्ती र रुढीमा उत्पादन भएको प्याज सदरमुकाम सम्म गाउँपालिकाले ढुवानी अनुदान दिने र त्यपछि धनगडी बजारमा निश्चीत भइसकेपछी कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी गर्ने तयारीमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी मिनप्रसाद जैशीले बताए । उत्पादन भएको प्याज घरमा राख्ने ठाउँ अभाव हुदा कृषि ज्ञान केन्द्रले भण्डारणका लागि सहयोग गरेको कृषि ज्ञान केन्द्र बाजुराका सुचना अधिकारी जैशीले बताए । यो बर्ष मात्र प्याजको पकेट क्षेत्रको रूपमा चिनिँदै आएको वडा नम्बर १ बाहुनीमा ४ सय भन्दा बढि कुइन्टल, रुढी र काम्तीमा २ सय बढि कुईन्टल प्याज उत्पादन भएको स्वामिकार्तिक खापर गाउँपालिका कृषि शाखाको तथ्याङकमा रहेको छ ।
ठूलो परिमाणमा उत्पादित प्याजले बजार पाउन नसक्दा उनीहरूको लागत समेत खेर जाने अवस्थामा भएपछि गाउँपालिकामा रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमले १ सय कुइन्टल प्याज बिक्रि गर्ने गरी कृषकबाट उठाएको फर्मका संचालक मेघराज शाहीले बताएका छन । ढुवानी बजारीकरणमा गाउँपालिका र कृषि ज्ञान केन्द्रले सहयोग तथा सहजीकरण गरेमा गाउँमा उत्पादीत सबै प्याज आफै लग्ने शाहीले बताए ।
कृषकहरुबाट प्रति किलो ४२ रुपियाका दरले संकलन गरेको र ढुवानीमा बढि जाने भएकोले बजार सम्म महगोमा जाने चिन्ता रहेको चण्डल बहुउदस्यि कृषि तथा पशुपन्छी र्फमका संचालक शाहीले बताए । सरकारबाट ढुवानी अनुदान सहयोग भएमा बजारसम्म सस्तो दरमै हुने उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार