बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • बाजुराकाे जगन्नाथका एक बालक कर्णाली नदिमा बेपत्ता

बाजुराकाे जगन्नाथका एक बालक कर्णाली नदिमा बेपत्ता

  • बुधबार, कार्तिक १५, २०८०
बाजुराकाे जगन्नाथका एक बालक कर्णाली नदिमा बेपत्ता

 बाजुरा— बाजुराकाे जगन्नाथका एक बालक कर्णाली नदिमा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाकाे जगन्नाथ गाउँपालिका–४ बेर्माका मनलाल भण्डारीका १३ वर्षीय छोरा सुबिन्द्र भण्डारी रहेका प्रहरीले जनाएकाे छ ।

मङ्गलवार दिउँसो  सोही ठाँउ स्थित कर्णाली नदीमा नुहाउने क्रममा सुबिन्द्र बगेर बेपत्ता भएका हुन्।

सुविन्द्र बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी गुड्डी बाजुराबाट खटिएको टोलीले उक्त नदिमा उनको खोजतलास तथा घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार